नयाँ ब्याचलर परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा आउने

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८३ अषाढ १९, शुक्रबार (१ हप्ता अघि)
  • १०७ पटक पढिएको

नयाँ ब्याचलर परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा आउने

काठमाडौं । अब सञ्चालन हुने नयाँ ब्याचलर तहका परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराइने निश्चित भएको छ।

यस विषयलाई बाहिरबाट हेर्दा सामान्य देखिए पनि कार्यान्वयनका दृष्टिले निकै जटिल रहेको जनाइएको छ। यही विषयमा माननीय अफ्साना बानुले शिक्षा, युवा तथा खेलकुद मन्त्री माननीय सस्मित पोख्रेलसँग छलफल गर्नुभएको थियो।

छलफलपछि परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने निर्णय भएको जानकारी प्राप्त भएको छ। यस निर्णयले विद्यार्थीलाई भाषागत सहजता प्रदान गर्नुका साथै परीक्षा प्रणालीलाई थप समावेशी र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस