
धुलिखेल /काठमाडौँ विश्वविद्यालयले जेनजी आन्दोलनमा घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका–६ का आयुष गौतमलाई कम्प्युटर साइन्स विषयमा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयका लक्ष्मण लामाले गौतमलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। यो छात्रवृत्ति सरकारले जारी गरेको ‘जेनजी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ अनुसार दिइने भएको हो।
शिक्षामार्फत युवा पुस्तालाई सशक्त बनाउने र कठिन परिस्थितिबाट प्रभावित युवालाई उच्च शिक्षाको अवसर प्रदान गर्ने विश्वविद्यालयको प्रतिबद्धताअनुरूप यो पहल गरिएको लामाले बताए।