काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८३ आश्विन ७, बुधबार (३ हप्ता अघि)
  • १२७ पटक पढिएको

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

काठमाडौं — काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा नेपाली उच्च शिक्षाका वरिष्ठ व्यक्तित्व प्रा.डा. सुरेशराज शर्माको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा.डा. विवेक बरालले जानकारी दिएका छन्।

सिन्धुलीको खुर्कोटमा जन्मेका शर्मा नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा लामो समयसम्म सक्रिय रहेका थिए। उनले सीटीईभीटी स्थापना भएपछि त्यसको पहिलो कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए भने काठमाडौं विश्वविद्यालयको स्थापना प्रक्रियामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् १९९१ मा विश्वविद्यालय स्थापना भएपछि उनी पहिलो उपकुलपति नियुक्त भएका थिए र सन् २०१२ सम्म लगभग दुई दशकसम्म निरन्तर सो पदमा रहेर विश्वविद्यालयलाई गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाका रूपमा विकास गर्न अगुवाइ गरेका थिए।

नेपाली शिक्षा क्षेत्रका दूरदर्शी नेतृत्वकर्ताका रूपमा चिनिने शर्माले उच्च शिक्षाको विस्तार, गुणस्तर सुधार र प्राविधिक शिक्षाको आधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। हाल उनी काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध थिए।

उनको निधनले नेपाली शैक्षिक जगत्मा ठूलो क्षति पुगेको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस