शुभकामना हलमा मोहरको टिम दर्शकहरू उत्साहित

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८२ श्रावण २४, शनिबार (४ महिना अघि)
  • ३१९ पटक पढिएको

शुभकामना हलमा मोहरको टिम दर्शकहरू उत्साहित

बनेपा/ शुक्रबारबाट देशभर प्रदर्शनमा रहेको नेपाली कथानक चलचित्र मोहरका कलाकार र निर्माताले बनेपाको शुभकामना हल भिजिट गरेका छन ।

देउकी प्रथामा आधारित रहेर निर्माण गरिएको चलचित्र मोहरको प्रमोशनका लागि अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल, नीति शाह र निर्माता चुम्बन जंग शाही लगायतले शुभकामना हल भिजिट गरेका हुन ।

नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह अभिनित फिल्म ‘मोहर’ले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । पल शाहको करिअरकै उत्कृष्ट फिल्म भन्दै दर्शकले मन छोएको बताएका छन । दर्शकहरूको माया र चलचित्रको सकारात्मक प्रतिक्रियाका लागि आभार ब्यक्त गरेका छन ।

शिर्ष कलाकारहरू हल भिजिटमा आउँदा दर्शकहरू उत्साहित हुनुका साथै मोहर चलचित्रको अक्कुपेशी उच्च रहेको शुभकामना सिनेमा हलका संचालक दुर्गालाल प्रधानले बताउनु भयो ।

अत्याधुनिक साउन्ड सिस्टम सहित मेल्टिप्लेक्स सुविधा रहेको शुभकामना हलमा दर्शकहरूको आकर्षण बढ्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस