माग्ने राजाप्रति दर्शकको क्रेज सिनेमा हेर्न ८७ बर्षे वृद्धा हलमा


माग्ने राजाप्रति दर्शकको क्रेज सिनेमा हेर्न ८७ बर्षे वृद्धा हलमा

बनेपा/शनिवार बनेपाको शुभकामना सिनेमा हलमा ८७ बर्षकी जमुना तिमल्सिना माग्नेराजा चलिचत्र पुग्नुहुन्छ । बेथानचोक गाँउपालिका  ढुंखर्ककी जमुना तिमल्सिना आफ्नो श्रीमान ८३ बर्षका कृष्ण प्रसाद तिमल्सिना सहित चारपुस्ता एक साथ सिनेमा हेर्न हलसम्म पुग्नु भएको हो । जमुनाले माग्नेराजा चलचित्र मात्र हेर्नु भएन उहाँले चलचित्रको प्रमोशनका लागि आएका कलाकार केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ र निर्देशक ऋषी लामिछाने भेटेर शुभकामना र आर्शिवाद प्रदान गर्नु भयो । टेलिभिजनको स्क्रीनमा संधै गरीबी र अभावमा झेलिए पनि दर्शकलाई हँसाउने पात्रका रुपमा परिचित माग्ने बुढालाई प्रत्यक्ष भेट्न पाँउदा तिमल्सिना दम्पती मख्ख देखिनुहुन्थ्यो ।

कुनै बेला हाँस्य टेलिचलचित्र मेरीबस्सैबाट माग्ने बुढाको चरित्रबाट लोकप्रियता कमाएका कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले जेष्ठ नागरीकहरुले समेत हलसम्म आएर आफ्नो चलचित्र हेरिदिएकोमा खुशी व्यक्त गर्दै आर्शिवाद लिएका थिए । काभ्रेको नाला घिमिरेगाँउ आफ्नो हजुरबुबाको जन्म थलो रहेको बताउँदै उनले पुर्खेउली थलो आँउदा ८७ बर्षीय तिमल्सिना दम्पतीको आर्शिवाद र काभ्रेली दर्शकको माया र सद्भाव पाउनु नै ठूलो सैभाग्य रहेको बताउनु भयो ।

थुप्रै सफल चलचित्र र सिरियलहरुको निर्देशन गरेर रंगमञ्चमा छुट्टै छाप छोड्न सफल र कुशल निर्देशक ऋषी लामिछानेले ८ बर्षपछी माग्ने राजालाई दर्शक माझ पस्किएका छन । दर्शकहरु माझ माग्नेराजा चलचित्र प्रती क्रेज दिनप्रतिदन बढ्दै गएको छ । बालबालिका देखी वृद्धवृद्धाहरुसम्मको ध्यान माग्नेराजाले तानिरहेको छ । केदार प्रसाद घिमिरे अर्थात माग्नेबुढाको शीर्ष भूमिका रहेको यस चलचित्रमा कमेडीको शैलीमा समसामयिक राजनीतिक मुद्दाहरूलाई उठाईएको छ ।
चलचित्र प्रदर्शन भएको दोस्रो सातामा दौडिरहेको माग्ने राजाले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । चलचित्रले मनोरञ्जन मात्र नभइ देश र समाजको कला, संस्कृती र सभ्यतालाई बोकेको हुनाले ब्यापारको रुपमा मात्र हेर्न नहुने निर्देशक ऋषी लामिछाने बताए । माग्ने राजा सिनेमालाई धेरै दर्शकहरुले रुचाइदिनु भएको छ । सकरात्मक प्रतिक्रिया पाइरहेका छौं । ब्यापारले भन्दा पनि दर्शकको मायाले आफु उत्साहित रहेको उहाँले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस