चर्चित ब्यान्ड ग्लुमी गाइजका मित्र भोछिभोयाको घिन घिन मादल बजारमा

  • काभ्रे खबर
  • / मनोरञ्जन भिडियो /
  • २०८२ कार्तिक ७, शुक्रबार (१ महिना अघि)
  • ३४३ पटक पढिएको

चर्चित ब्यान्ड ग्लुमी गाइजका मित्र भोछिभोयाको घिन घिन मादल बजारमा

काभ्रे । चर्चित ब्यान्ड ग्लुमी गाइजका गायक तथा संगीतकार मित्र भोछिभोया नयाँ गीत ‘घिन घिन मादल’ लिएर आएका छन्।

गायक तथा संगीतकार ग्लुमी गाइजका गायक तथा संगीतकर्मी मित्र भोछिभोयाले नयाँ गीत ‘घिन घिन मादल ’ सार्वजनिक गरेका हुन् ।

भोछिभोयाले यो गीत आफ्नै युट्युब च्यानल ग्लुमी गाइज मित्र भोछिभोयामार्फत सार्वजनिक गरेका हुन् । सज्जन स्याङ्तान तामाङ द्वारा लेखिएको शब्दमा गायक भोछिभोयाले नै संगीत भरेका छन् । संगीत संयोजन पनि उनकै छ ।

२०५२ सालदेखि नै गीत–संगीत क्षेत्रमा लागेका भोछिभयाले एक सय भन्दा बढी गीतहरु गाइसकेका छ्न् । आकाशैमा चील उड्यो फनन, टाटा गाडिमा, पिरतीको तालमा, यसपालि जस्ता लोकप्रिय गीतहरु आफ्ना ब्याण्डमार्फत गाएका छन् । करिब तीन दशक गीत–संगीत क्षेत्रमा बिताएका भोछिभयाले एक सय भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

भिडियो हेर्नुस् :

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस