विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ बैशाख २०, शनिबार (२ महिना अघि)
  • २२२ पटक पढिएको

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण

बनेपा/नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा घोषणा गरेको छ । मे ३ को दिन
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिवार बनेपा चारदोबाटोमा प्रभातफेरी तथा जिल्ला सहकारी संघको भवनमा स्वास्थ्य परिक्षण (स्क्रिनिङ) कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा भएको कार्यक्रममा ५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

पत्रकार महासंघ काभ्रेपलाञ्चोकले सामाजिक उत्तरदायित्व वहन गर्दै विश्व प्रेस स्वतन्त्र दिवसमा आयोजित स्वास्थ्य परिक्षण कार्यक्रममा ५१ जनाको मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोगको स्क्रिनिङका साथै उचाइ र तौलको अनुपात (विएमआई) मापन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पद्मराज कैनीले जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका अधिकृत विनोद राईका अनुसार, डा. कृतिक भण्डारी, जनस्वास्थ्य अधिकृत आशिष शर्मा कँडेल, सुस्मिता थापा, जनस्वास्थ्य निरिक्षक सुदनभक्त प्रधान, ल्याब टेक्निसियन निरिक्षिक भोला पौडेल, सिनियर अनमी नमुना गौतम, अञ्जु खड्का के.सी, सिनियर अहेब सानुमाया श्रेष्ठ, अनमी प्रतिज्ञा रञ्जित सहितका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय समेतका आधारमा विश्व प्रेस स्वतन्त्रता दिवस रचनात्मक तरिकाले मनाइएको नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरु, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका कार्यवहाक अध्यक्ष शान्ती लामा, प्रेस सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख / प्रतिनिधीहरु, महासंघका सदस्य र जिल्लामा कृृयाशिल सञ्चारकर्मीहरुको सहभागिता थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस