मण्डनदेउपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ जेष्ठ ३, शनिबार (१ महिना अघि)
  • १२८ पटक पढिएको

मण्डनदेउपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मन्डनदेउपुर /काभ्रेकाे मण्डनदेउपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यता तथा नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको अध्यक्षतामा आयोजित एक कार्यक्रम मार्फत नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

नगरपालिकामा १५ महिना मुनीका बालबालिका ३५२ जना, पूर्णखाेप प्राप्त १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका १ हजार १०७ जना बालबालिका रहेकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी सापकाेटा गाैतमले जानकारी दिनुभयाे ।

नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यवाद दिँदै प्रमुख अतिथि गाैतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुराेध गर्नुभयाे । केही पनि भएन भन्दै गलत प्रचार गर्ने बानी बढ्दै गएकाे अवस्थामा राम्रा काम गरेर नागरिकलाई सेवा सुविधा दिनु पर्ने बताउनु भयो । यसैगरी नगरप्रमुख टोप बहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाललगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाकाे खाेप पाउने अधिकारलाई सुनिष्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतीले मण्डनदेउपुर जिल्लाका नगरपालिकामा दाेस्राे र समग्र पालिकामा तेस्राे पूर्णखाेप पालिका भएकाे र अबका केही महिनामा सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयाे ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै वडाका कर्मचारीलाई सम्मान पनि गरिएकाे थियाे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस