बेथानचोक÷ बेथानचोक गाउँपालिका वार्ड नं १ च्याम्राङबेसी पूर्ण खोप पूर्णखोप सुनिश्चितता वडा घोषणा भएको छ । घोषणा कार्यक्रममा च्याम्रङबेसी का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । स्वयमसेविकाहरुलाई झोला टच कैची छाता छाता र थर्मोमिटर दिएर सम्मान गरिएको हो ।
सम्मानित स्वयमसेविकाहरुले सम्मानले काम गर्न थप प्रोत्साहित गरेको बताउनुभयो । बेथान्चोक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले आगामी दिनहरूमा पूर्ण खोप सुनिश्चितताका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा सदस्यहरु स्वास्थ्य चौकी प्रमुख वडा सचिव लगायत स्वास्थ्य चौकी र वडा कार्यालयका कर्मचारीहरू आमा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।