
नेपाल औषधि व्यवसायी संघ (एनसिडिए)को चौथो तथा पाँचौँ साधारण सभा बनेपामा सम्पन्न भएको छ ।
अध्यक्ष श्यामकुमार तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेवाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुअ अथिति खण्डेवालले राज्यको स्पष्ट नीतिको अभावका कारण औषधि व्यवसायीहरु मारमा परेको बताउनु भयो । उहाँले अत्यावश्यकीय औषधि व्यवसायलाई राज्यले हेर्ने दृष्टिमा परिवर्तन आवश्यक रहेको जीकिर गर्नु भयो । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठले पेशागत मर्यादामा जिम्मेवार भएर काम गर्दै अघि बढ्न आग्रह गर्नुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले पछिल्ला दिनहरुमा संघ जुझारु भएर लागिपरेकोमा खुशी व्यक्त गर्नुभयो ।
हालसम्म ५५ वटा फर्महरु सदस्य रहेको संघको काभ्रे जिल्ला समासचिव गोकुल धितालले प्रतिवेदन पेश गर्नु भएको कार्यक्रममा रामेश्वर मकै श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, जनक थापा, तुलसीदेवी मानन्धर, भीम बन्जारा, नेपाल औषधि व्यवसायी संघ काठमाण्डौ शाखा, बागमती प्रदेश शाखा,काभ्रे हेल्थ ट्रेनिङ इष्टिच्यूट,रोटरी क्लब अफ पनौती लगायतका व्यक्ति तथा संघसंस्थाहरुलाई दीर्घ सेवा तथा २०८१ असोज १०, ११ र १२ गतेको भिषण वर्षाका कारण आएको बाढी पहिरोबाट सिर्जित विषम परिस्थितिमा बाढी पहिरो पिडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन तथा निःशुल्क औषधि वितरण लगायतका राहत एवम् उद्धार कार्यमा सहयोग पु¥याए वापत सम्मान गरिएको थियो ।