जनस्वास्थ्य कार्यालय काभ्रेको डेङ्गी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ साल अघि)
  • ६६९ पटक पढिएको

जनस्वास्थ्य कार्यालय काभ्रेको डेङ्गी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेङ्गी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा स्थानीय तहहरुसंगको पैरवीका लागि पत्रकार तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।

धुलिखेल, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि र जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपती
जिल्लामा डेङ्गी संक्रमितको संख्या बढ्दो रहेको र परीक्षणका क्रममा बनेपा नगरपालिका डेङ्गीको उच्च जोखिमा रहेको जानकारी गराउनु भयो । शहर उन्मुख स्थानीय तहहरु समेत यसको जोखिम देखिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले डेङ्गीबाट बच्ने उपाय र जिल्लामा डेङ्गी संक्रमणको अवस्थाका बारे प्रस्तुत गर्नु भयो भने स्थानीयका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुले डेङ्गी नियन्त्रणका लागि गरिरहेको काम प्रस्तुत गर्नु भएको थियो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस