बेथानचोक गाउँपालिकामा बालबालिकालाई पूर्ण खोप सुनिश्चित

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ अषाढ ३, मंगलबार (३ हप्ता अघि)
  • १९७ पटक पढिएको

बेथानचोक गाउँपालिकामा बालबालिकालाई पूर्ण खोप सुनिश्चित

ढुंखर्क÷बेथानचोक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
पालिकाका सबै वडाहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सम्पन्न भए पश्चात् गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषणा गरिएको हो । सोमबार बेथानचोक गाउँपालिकाको सभाहलमा जिल्ला समन्वय प्रमुख, जिल्लास्तरीय खोप समन्वय समिति अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि दिपकुमार गौतमले गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभयो ।

गत असोजको बाढीपहिरोबाट अतिप्रभावित हुँदा पनि बेथानचोकले गर्नुपर्ने गतिविधिहरु प्रभावित हुन नदिएकोकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवम् स्थानीय तह खोप समन्वय अध्यक्ष भगवान अधिकारीले सबै बालबालिकाले जन्म पश्चात खोप लगाउन पाउनुपर्ने र बाँच्नु पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्न तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पु¥याउन अहोरात्र खटिने सबैलाई धन्यवाद दिनुभयो । उपाध्यक्ष तारा राना तिमल्सिनाले उपलब्ध सेवालाई निरन्तर रुपमा उपभोग गर्नु स्थानीय सरकार, समुदाय तथा अभिभावकको दायित्व भएकोले नेपाल सरकारले खोप सेवा पाउन पर्ने लक्षित बालबालिकाहरुले जन्मेको १५ महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले गाउँपालिकाले जिम्मेवार ढंगबाट काम गरेको बताउनु भयो । यस्तै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर मात्र नपुग्ने भएकाले भावी दिनहरुमा यसको दिगोपनाका लागि चनाखो भइ कार्य गर्न आवश्यक रहेको बताउनु भयो । गाउँपालिकाले सेवा क्षेत्रभित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूर्ण खोपयुक्त गाँउपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी जानकारी दिनुभयो
गाउँपालिकाको १५ देखि ५९ महिनाको सबै बालबालिकाको सर्वेक्षण पश्चात् पूर्ण खोप सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले १५ महिना भित्रका १ सय ८३ जना र १६ देखि २३ महिनासम्मका १ सय ४६ जना बालबालिकालाई खोप सेवा प्रदान गरेको बताउनु भयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस