पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ अषाढ १९, बिहिबार (१ हप्ता अघि)
  • २१६ पटक पढिएको

पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान

पनौती / पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान गरिएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई ४ दिनको पुनर्ताजगी तालिम दिइएको हो ।

असार १६ गतेदेखी संचालन भएको तालिम कार्यक्रमको पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत जनक के.सी. दिनमान गुर्मछान, पुरुषोत्तम तिमल्सिना, दीक्षा थापा, अनिलराज ढुंगेल लगायतले सहजीकरण गर्न भएको छ ।

समापन समारोह प्रमाणपत्र वितरण गर्दै कार्यक्रम संयोजक कैनीले २०४५ सालदेखि सुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले मातृ शिशु स्वास्थ्य तथा बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो ।

स्वास्थ्य सम्बन्धी निर्देशिका र मापदण्डहरू समयसमयमा फेरिने भएकाले यस्ता पुनर्ताजगी तालिम प्रभावकारी पनौती स्वास्थ्य शाखा प्रमुख जनक केसीले बताउनु भयो ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रिता तामाङले आफूले जानेका ज्ञान र सीपहरू अध्यावधिक गर्न पाउँदा तालिम प्रभावकारी बनेको बताउनु भयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस