चापाँखोरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा र दन्त शिविर

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ आश्विन ३०, बिहिबार (१ महिना अघि)
  • २४९ पटक पढिएको

चापाँखोरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा र दन्त शिविर

तेमाल÷ तेमाल गाउँपालिकाको आयोजनामा तेमाल गाउँपालिका वडा नम्बर ७ स्थित चापाखोरी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरवाट २ सय भन्दा बढी स्थानीयले औषधि उपचार सेवा लिनुभएको छ । शिविरमा ५६जनाको दन्त परीक्षण गरिएको छ । ३१ जनाको दाँत समेत निकालिएको छ । शिविरमा एक सय पाँच जनाको आँखा परीक्षण गरिएको छ ।

तिमध्ये १२ जनाको मोतियाविन्दुको उपचार भएको छ । चार जनामा आँखामा मासु पलाउने समस्या देखिएको छ । शिविरमा ६३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ग्रामीण भिडियो एक्सरे सेवा भने चारजनाले लिनुभएको छ । वडाध्यक्ष ईन्द्र लाल तामाङले शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । शिविरमा मेथिनकोट अस्पतालबाट डाक्टर सिर्जन सिंह बस्नेतका साथै पोखरीनारायण स्थान, चापाँखोरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस