डा. ताम्राकारको १८ औं कृति ‘अर्बुद मन्थनः दीर्घ जीवन’ लोकार्पण

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ कार्तिक १३, बिहिबार (१ महिना अघि)
  • १४७ पटक पढिएको

डा. ताम्राकारको १८ औं कृति  ‘अर्बुद मन्थनः दीर्घ जीवन’ लोकार्पण

धुलिखेल÷ चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृय प्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति ‘अर्बुद मन्थनः दीर्घ जीवन’ बजारमा आएका ेछ । विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक कार्यक्रमविच धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठले सार्वजानिक गर्नुभएको हो । पुस्तक सार्वजनिक गर्दै डा. माकाजूले क्यान्सर रोग लाग्नुभन्दा अगाडि नै बुझेर रोकथाम गर्न सकिने र लागिहालेमा कसरी निदान गर्न सकिन्छ भन्नेबारे पुस्तकमा पढ्न पाइने उल्लेख गर्नुभयो । क्यान्सर रोग निदानमा पुस्तक योगी हुने अपेक्षा उहाँको छ ।
नेपालीहरुलाई अधिकतर लाग्ने विभिन्न क्यान्सर रोगहरुबारे विस्तृतमा निकै सरल तवरले व्याख्या गरिएको लेखक डा . सुमनले जानकारी दिनुभयो । क्यान्सरसम्बन्धी अन्य नेपाली पुस्तकहरू भन्दा यसमा मेडिकल शब्दावली र अंग्रेजी शब्दावलीलाई भरसक कम गरिएको उहाँको भनाइ छ । विषयगत रूपमा अङ्ग विशेषका क्यान्सर समस्याबाहेक ती समस्या पत्ता लगाउन प्रचलित पहिचान विधिहरू, उपचारका विविध विकल्पहरुका साथै ती क्यान्सर रोकथामका लागि अवलम्बन गर्नुपर्ने महत्वपूर्ण जानकारी पनि समेटिएको पनि लेखक ताम्राकारले बताउनुभयो । यस अघि स्वास्थ्य, शिक्षा, संस्कृति सम्वन्धी १७ वटा पुस्तक प्रकाशित गरिसकेका डा. सुमनले योसहित यस वर्षमा तीनवटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । उहाँले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा समेत समसामयिक लेख प्रकाशन गर्दै आउनु भएको छ । उहाँ धुलिखेल अस्पतालका प्रेस संयोजक समेत हुनुहुन्छ

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस