दाेलखाकाे शैलुङमा निशुल्क स्वास्थ्य शिबिर

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८२ मंसिर १७, बुधबार (१ हप्ता अघि)
  • ९१ पटक पढिएको

दाेलखाकाे शैलुङमा निशुल्क स्वास्थ्य शिबिर

चरिकोट /दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ भैंसेमा आजबाट दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शैलुङ गाउँपालिका वडा नम्वर ८ को आयोजना,एसएस फाउण्डेशन काठमाण्डौँको समन्वयमा र सुस्वास्थ्य हस्पितल बानेश्वर काठमाण्डौँको प्राविधिक सहयोगमा भएको शिविरको पहिलो दिन आज शैलुङ गाउँपालिका वडा नम्वर ७, ८,मेलुङ गाउँपालिका वडा नम्वर १,३ र ४ का १ सय ७६ जना विरामीले सेवा लिएकाे सुस्वास्थ्य अस्पताल बानेश्वर प्रमुख सुदर्शन बस्नेतले जानकारी दिएका छन् । राप्रपाका केन्द्रीय काेषाध्यक्ष तथा बरिस्ठ समाजसेवी साेभित उप्रेतीको पहलमा स्थानिय नागरिकहरूकाे स्वास्थ्यलाई ख्याल गर्दै शिविरमा कमर दुख्ने, नसा च्यापिएको,गर्धन दुख्ने, माईग्रेन,घुडा दुख्ने र जोर्नी दुख्नेहरुको सुस्वास्थ्य हस्पिटल काठमाण्डौँका बरिष्ठ विशेषज्ञ र चिकित्सकहरूद्वारा फिजियोथेरापी,अकुपन्चर, प्राकृतिक चिकित्साद्वारा चेकजाँच र उपचार भईरहेको छ ।
सुस्वास्थ्य हस्पिटल काठमाण्डौँका फिजियो थेरापिष्टहरुको टोलिलाई वडा अध्यक्ष तमाङले स्वागत गर्नुभएको थियो । शिविर भोली सम्म सञ्चालन हुने छ । शैलुङमा शिबिर सम्पन्न गरि १८ र १९ गते कालिन्चाेक गाउँपालिका वडा नम्बर ५ बन्देथलीमा हुने पनि अस्पतालका प्रमुख बस्नेतले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस