
बनेपा/धुलिखेल अस्पतालको सहयोगमा अंकुर प्रि-स्कुलले आज स्वास्थ्य शिविर आयोजना गरेको छ, जसमा ५६ जना छात्र-छात्राले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा बालरोग, नाक कान घाँटि, आँखाका विशेषज्ञ, र दन्त परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको थियो।
धुलिखेल अस्पतालका प्रतिष्ठित डाक्टरहरु, जसमा डा. सन्तोष गौतम, डा. आशिष ढकाल, मुन ताजाले, डा. दीक्षिता बज्राचार्य, चार्ली फ्लिन्ट, डा. सुविरा श्रेष्ठ, डा. रिग्वेड कुमार, बिनु बस्नेत र रितु मानन्धरको महत्वपूर्ण सहभागिता थियो। उहाँहरूले बच्चाहरूको स्वास्थ्य परीक्षण गर्दै, आवश्यक परामर्श र उपचारको व्यवस्था गर्नुभएको थियो।
यो शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई राम्रोसँग बुझ्न र भविष्यमा उनीहरूको स्वास्थ्यमा ध्यान दिन महत्त्वपूर्ण कदम चालिएको छ। अंकुर प्रि-स्कुलका प्रमुख र शिक्षकहरूले धुलिखेल अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूलाई आभार व्यक्त गर्दै यस प्रकारको सहयोगलाई अत्यन्तै महत्वपूर्ण र सराहनीय रुपमा लिनुभएको छ।
शिविरको आयोजना गर्दै, अंकुर प्रि-स्कुलले भविष्यमा पनि यस्ता स्वास्थ्य कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने र विद्यार्थीहरूको समग्र स्वास्थ्य र शिक्षा प्रगति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।