वडा अध्यक्षको सक्रियतामा गाउँमै नागरिकको स्वास्थ्य परिक्षण

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ भाद्र १, सोमबार (३ हप्ता अघि)
  • १०१ पटक पढिएको

वडा अध्यक्षको सक्रियतामा गाउँमै नागरिकको  स्वास्थ्य परिक्षण

दोलखा /भीमेश्वर नगरपालिका – वडा नम्बर ७का नागरिकको स्वास्थ्यलाई लक्षित गरि सञ्चालित एकदिवसीय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छ । शिबिरबाट ५१६ जना स्थानीय नागरिकले सेवा लिएको वडा नम्बर ७ का वडा अध्यक्ष बिनोद तमाङले बताए ।

गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याई नागरिकको अस्पताल धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले वडामा नै शिविर आयोजना गरिएकोमा स्थानीयबासी स्थानीय जनप्रतिनिधि प्रति खुसि ब्यक्त गर्छन् ।

भीमेश्वर वडा नम्बर ७ वडा कार्यालयको र लियो क्लब धुलिखेलको संयुक्त आयोजना तथा धुलिखेल अस्पताल दोलखा र लेक हेड एजुकेसन काठमाडौँको सहयोगमा शिविर सञ्चालन भएको हो।

शिविरमा हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, भिडियो एक्सरे, दन्त, छाला र बालरोगका साथै जनरल ओपीडी सेवा उपलब्ध गराइएको थियो। परीक्षणका क्रममा जटिल समस्या देखिएका २१ जना बिरामीलाई थप उपचार तथा शल्यक्रिया (अप्रेसन) का लागि सिफारिस गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिए ।

यस्तै, २२ जना महिलाको गरिएको भिआइए (पठेघरको मुखको क्यान्सर) परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।
​वडामै भिडियो एक्सरे र भिआइएजस्ता महँगा परीक्षणसहित विशेषज्ञ सेवा निःशुल्क पाउँदा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई ठूलो आर्थिक राहत पुगेको स्थानीय नरबहादुर  तमाङको भनाई छ ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस