काभ्रेमा मोतिविन्दु उपचारका लागि जिल्ला सहकारी संघ लि काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबीच सहकार्य

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ भाद्र ६, शनिबार (२ हप्ता अघि)
  • ११४ पटक पढिएको

काभ्रेमा मोतिविन्दु उपचारका लागि जिल्ला सहकारी संघ लि काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबीच सहकार्य

बनेपा । काभ्रेपलाञ्चोकका नागरिकलाई मोतिविन्दुको उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सम्झौता भएको छ।
सम्झौताअनुसार जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी मोतिविन्दु भएका बिरामीको पहिचान गरिनेछ। शिविरबाट पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार उपचार तथा शल्यक्रियाका लागि अस्पतालसम्म पहुँच पुर्‍याउन सहजीकरण गरिने व्यवस्था गरिएको छ।
विशेषगरी आर्थिक अवस्था कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन हुने यस कार्यक्रमले काभ्रेका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत आँखाको उपचार सेवासँग जोड्ने अपेक्षा गरिएको छ।
सम्झौताले स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। जिल्लामा नियमित रूपमा आँखा शिविर सञ्चालन तथा मोतिविन्दु उपचारमा सहकार्य गर्दै जाने उद्देश्यले दुवै संस्थाबीच समझदारी कायम भएको हो।
यस सहकार्यबाट समयमै उपचार नपाएका मोतिविन्दुका बिरामीले आवश्यक उपचार सेवा प्राप्त गर्ने र दृष्टिसम्बन्धी समस्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस