बेथानचोकमा निःशुल्क स्वास्थ्य शिविर

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ भाद्र ७, आईतबार (२ हप्ता अघि)
  • १०९ पटक पढिएको

बेथानचोकमा निःशुल्क स्वास्थ्य शिविर

बेथानचोक /काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुंखर्कमा ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

बेथानचोक गाउँपालिकाको समन्वय तथा वडा नं. २ को आयोजनामा काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालको प्राविधिक सहयोगमा पार्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा मुटु, आँखा, बालरोग, नाक–कान–घाँटी, स्त्रीरोग लगायत जनरल मेडिसिनका सेवा प्रदान गरिएको थियो।

शिविरमा ल्याब, भिडियो एक्स–रे र ईसीजीसहित स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। स्थानीयले स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श लिएका थिए। ढुंखर्क स्वास्थ्य चौकी, बेथानचोक जेसिआई तथा पार्वती माध्यमिक विद्यालयले शिविरमा सहयोग गरेका थिए।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस