बि.एम.के ड्राइभिङ स्कुल काभ्रेपलाञ्चोक जिल्लाको ड्राइभिङ स्कुल क्षेत्रको एक परिचित नाम हो । ड्राइभिङ शिक्षा आजको आवश्यकता, सीप सिकौँ, आत्मनिर्भर बनौँ भन्ने मुल उद्देश्यका साथ स्थापना भएको हो । यसको सञ्चालक हुन काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ८ निवासी रूपेश काफ्ले । विदेशी मुलुकमा गएर दुःख गर्नु भन्दा आफ्नै देशमा नै केही गरौँ भन्ने उद्देश्यले बि.एम.के ड्राइभिङ खोलेको बताए । हातमा सीप नभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा दुःखकष्ट सहन बाध्य हुन्छन् । तर, केही युवाहरू नेपालमै केही गरौँ भनेर आफ्नो श्रम स्वदेशमा बेच्न चाहन्छन् । तिनै मध्यको एक युवा हुन रूपेश। उनै काफ्ले सँग काभ्रे खबरका लागि लिइएको अन्तरर्वार्ताको सम्पादीत अंश ।
बि एम के ड्राइभिङ स्कुल कहाँ कसरी सञ्चालन हुँदैछ?
हाम्रो ड्राइभिङ स्कुलको नाम बि.एम.के ड्राइभिङ स्कुल हो । बि.एम.के ड्राइभिङ स्कुल २०७४ साल देखि ०८० साल ७ वर्ष सम्म बनेपाको पुल बजारमा रहेको सिद्धार्थ स्कुल अगाडि सञ्चालनमा आएको थियो । त्यहाँ सात वर्ष पूरा गरिसकेपछि अहिले २०८१ सालबाट हामी नयाँ जोस, नयाँ मापदण्ड अनुसार स्वच्छ र स्वस्थ ठाउँ बनेपाको तिनदोबाटोबाट सिनागाल , विद्यासागर स्कुल जाने बाटो, सिनागालमार्ग ज्योति शालोम एकेडेमीसँगै विद्यासागर स्कुलको अपोजिटमा ड्राइभिङ प्रशिक्षण गराउँदै आएका छौँ ।
कति भयो बि एम के सञ्चालनमा आएको ?
८ वर्ष पुरा भयो । अहिले नवौ वर्षको दौरानमा कुदिरहेका छौँ ।
हालसम्म कति जनालाई ड्राइभिङ प्रशिक्षण गराउनु भयो ?
अहिलेसम्मको अवधिमा लगभग आठ हजार जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएर ट्रायल पास गराउन सफल भएका छौँ ।
ड्राइभिङ सिक्न किन जरुरी छ ?
ड्राइभिङ शिक्षा आजको आवश्यकता र सीप सिकौं आत्मनिर्भर बनौँ भने उद्देश्यका साथ ड्राइभिङ प्रशिक्षण गराउँदै आइरहेका छौँ । हाम्रो नारा मै यो प्रश्नको उत्तर छ । सीप बिना मानिसको जीवन अधुरो र अन्धकार छ , यसले आत्मनिर्भरता र सुरक्षाको भावना दिन्छ, यात्रा सहज बनाउँछ, र आपतकालीन अवस्थामा उपयोगी हुन्छ। साथै, यो सीपले देश तथा विदेशमा रोजगारका अवसरहरू पनि खोल्छ ।
आठ वर्ष पूरा हुँदाको अनुभवहरू के के छन् ? सुनाइदिनुस् न !
प्रशिक्षार्थीहरूको सन्तुष्टि नै हाम्रो चाहना हो । यो नै हाम्रो मुख्य उद्देश्य पनि हो । यसै अनुरूप पनि प्रशिक्षार्थीहरूलाई एकदमै खुसी बनाएर प्रशिक्षण गराउने हामीले सुरुवात गरेका थियौ । त्यसैलाई अहिले हामीले निरन्तरता दिइरहेका छौँ , अझै पनि प्रत्येक दिन केही नयाँ कुरा सिकिरहेको छु, र यही निरन्तर सिकाइ नै मेरो शक्ति हो।”। अहिलेसम्मको अवधि एकदमै राम्रो भएको छ । अनुभवको कुरा गर्दा सीप सिकेर स्वावलम्बन अँगालेका साथीहरूको प्रगति नै हो । उहाँहरूको प्रगति नै हाम्रो उपलब्धि हो ।
तपाईँको ड्राइभिङ सेन्टरमा के के कुरालाई ध्यानमा राखेर सिकाइन्छ ? क्षेत्रफल कति छ ? प्रशिक्षक कस्ता हुनुहुन्छ ? संरचना कस्तो छ ?
प्रशिक्षार्थीहरूको खुशी बि एम के को पहिचान, तपाइप्रतिको उपस्थिति हाम्रो सम्मान भन्दै प्रशिक्षार्थीहरुलाइ सुलभ दरमा गुणस्तरीय प्रशिक्षण गराउने सोचका साथ यातायात व्यवस्था विभागले नयाँ मापदण्ड बनाइदिएको छ , सोही विभागले तोकेको नयाँ मापदण्डअनुसार सातवटा संरचनाहरू हुनुपर्छ भनेर तोकेको छ र ती सातैवटा संरचनालाई टेकेर सात रोपनी जग्गामा ड्राइभिङ स्कुल तयार पारेका छौ, यहा हामिले अनुभवि प्रशिक्षक बाट जिरोदेखि नै प्रशिक्षण गराइरहेका छौँ । हामीले ट्रायलको अवधिसम्म नै उहाँलाई निरन्तर रुपमा सिकाउँछौँ ।
एक व्यक्तिले कति दिनमा कोर्ष सक्नु हुन्छ ? कि नजानुन्जेल सिकाइ रहने हो ?
सीप सिक्नको लागि एउटा व्यक्तिलाई सधैँ यति नै समय लाग्छ भनेर यहाँहरूलाई हेरेर अथवा देखेको भरमा भन्न सकिँदैन । हामीले आठौँ वर्षको यो अनुभवलाई समेटेर भन्नुपर्दा १५ दिनदेखि एक महिनासम्म प्रशिक्षार्थी अनुसार प्रशिक्षण गराएर ट्रायल पास गराउन सफल भएका छौँ । सिकेको १० दिनको दिनमा ट्रायल पास भएर आउने विद्यार्थी पनि हामीसँगै हुनुहुन्छ । २०÷२५ दिन लगाएर पास हुने विद्यार्थी पनि हामी सँगै हुनुहुन्छ । सबैजनामा एउटै हुन्छ भन्ने हुँदैन । सीप सिक्ने सोच बनाएर आएपछि नजानेर नहुने भन्ने त हुँदै हुँदैन । बढीमा एक महिना नत्र १५ दिन भित्रमा पनि उहाँहरूले ड्राइभिङ सिकेर ट्रायल परीक्षा पास गर्न सक्नुहुन्छ । यो चाहिँ व्यक्तिमा भर पर्ने कुरा भयो । हाम्रोमा फरक फरक प्याकेजहरू हुन्छ । त्यो उहाँले छान्न पाउनुहुन्छ । ड्राइभिङ सिक्ने क्रममा जति दिन लाग्छ ट्रायल पास भएर नआउन्जेलसम्म हामीले प्रशिक्षण गराइरहनेछौँ । हाम्रो मुख्य उद्देश्य भनेको उहाँहरूलाई ट्रायल पास गराउनु नै हो ।
नेपालमै ड्राइभिङ सिकेर आय आर्जन गर्न सकिन्छ ?
नेपालमै बसेर पनि ड्राइभिङ गरेर आयआर्जन राम्रोसँग गर्न सकिन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने बनेपाको चारदोबाटो चोकमा एउटा गाडी लिएर कुरेर टिप गरेर बस्नेहरू धेरै हुनुहुन्छ । त्यो भनेको उहाँलाई ड्राइभिङ पेसाले दिएको रोजगारी हो । यसरी धेरै चालकहरूले आफ्नो परिवार पालिरहनुभएको छ । थप उदाहरणको लागि धुलिखेल हस्पिटलका चोकहरू, शिर मेमोरियल हस्पिटलका चोकहरूमा पनि यसरी हामीले बसेको देख्न सक्छौ । विभिन्न विद्यालय बसहरू चलाइरहनुभएको चालकहरू पनि हुनुहुन्छ । ड्राइभर नपाउनुको पीडा नै छुट्टै छ भन्नुहुन्छ कतिपयले । त्यसैले सीप चाहिन्छ ड्राइभिङ पेसा गरेरै नेपालमै राम्रोसँग रोजगारी गरेर बस्न सकिन्छ ।
ड्राइभिङ सिकेर स्वावलम्बी बनेकाहरूको कुनै उदाहरण छन् ?
यस्ता धेरैवटा उदाहरणहरू रहेको छ । हामिले सिकाएको प्रशिक्षार्थी नै अहिले बिभिन्न स्थानीय तहहरूमा ड्राइभिङ पेशा गर्दै हुनुहुन्छ, आफैले सवारी किनि , ड्राइभिङ पेशा अङ्गाल्दै अहिले सफल व्यवसायी बन्नु भएको छ, भाडामा सवारी चलाएर टिप गरेर आफू र सवारी धनीलाइ समेत आम्दानी गराउने धेरै ड्राइभरहरू हाम्रोबाट उत्पादन हुनु भएको छ । हाम्रोबाट यसरी ड्राइभिङ सिकेर आफ्नो काम गरिरहनुभएको धेरै चालकहरू हुनुहुन्छ ।
बि.एम.के ड्राइभिङ स्कुलमा कुन कुन सवारी साधन सिकाइन्छ ?
हामीले सुरुवाती चरणदेखि नै लाइट भेहिकललाई फोकस गरिरहेका छौँ । लाइट भेहिकल भन्नाले साना सवारीमा पर्दछ । जस्तै मोटरसाइकल, स्कुटर, साइकल र साना गाडीहरू टिकाईरहेका छौँ । साना गाडी भन्नाले चारपाङ्ग्रे गाडीहरू हामीले सिकाइरहेका छौँ । प्रशिक्षण गराउने क्रममा ट्रायलमा प्रयोग हुने नै सवारी साधन गाडी बाइक स्कुटरहरूको सिकाउँदै आइरहेका छौँ । जस्तै गाडीमा हामीले अल्टो कार, बाइकमा सुपर स्प्लेण्डर र स्कुटरमा प्लेजर स्कुटर मार्फत प्रशिक्षण गराइरहेका छौँ ।
प्रशिक्षार्थीहरूबाट र बाहिरबाट कस्तो खालको प्रतिक्रिया पाइरहनुभएको छ ?
हाम्रोमा ड्राइभिङ सिक्न मन लागेको छ, सक्छु कि नै भन्दै आउनुभएको प्रशिक्षार्थी सजिलै ट्रायल पास हुँदा उहाँहरूको खुशीकै राम्रो प्रतिकृया पाउछौ, हामीसँग हाम्रा प्रशिक्षार्थीहरु धेरै क्षेत्रका हुनुहुन्छ । आम नागरिक पनि हुनुहुन्छ, सरकारी जागिरेहरू पनि हुनुहुन्छ । त्यो बाहेक विभिन्न सेवामा आबद्ध हुनुहुन्छ । हामीलाई उहाँहरूले धेरै राम्रो प्रतिक्रियाहरू दिइरहनु भएको हुन्छ ।
ड्राइभिङ प्रशिक्षण बाहेकका अरु कक्षा के कस्ता हुन्छन?
प्रयोगात्मक मात्र नभएर लेखेका कुराहरूलाई पनि जोड दिनुपर्छ भनेर हामीले लिखित परीक्षालाई समेत जोड दिने गरेका छौँ । अहिले हामीले लिखित तयारी कक्षा भनेर सञ्चालनमा ल्याएका छौँ । प्रत्येक शनिबार बिहान ९ बजे लिखित तयारी कक्षा भनेर सञ्चालन गरिरहेका छौँ । परीक्षा दिइरहँदा खेरि लिखित परीक्षा पनि दिनुपर्ने हुन्छ । त्यो पनि निकै महत्वपूर्ण रहेको छ । त्यसकारण लिखित परीक्षामा कस्ता प्रश्नहरू सोधिन्छ, कसरी लिखित परीक्षा दिनुपर्छ ।
त्यहाँ कतिवटा कस्ता कस्ता किसिमका प्रश्नहरू आउन सक्छ भन्ने जस्ता कुराहरू पनि सिकाइरहेका हुन्छौँ । यसैगरी हाम्रोमा अर्को मर्मत तयारी कक्षा पनि सञ्चालन हुने गरेको छ । त्यो भनेको हरेक शनिबार लिखित तयारी कक्षा सकिएपछि हामीले १० बजेदेखि मर्मत तयारी कक्षा सिकाउँछौ । हामीले गाडी सिकेर मात्र हुँदैन त्यसपछि आएका स–साना समस्यालाई समाधान गर्न सक्नुपर्छ भन्ने हिसाबले यसरी सिकाइरहेका छौँ । आफ्नो गाडी भोलिका दिनमा बाटोमा गएर साना साना समस्याले अड्केर बस्नु नपरोस् भन्ने हिसाबले यसरी सिकाइरहेका हौँ ।
अब बि एम के मै ट्राएल दिन पाइन्छ भन्ने हल्ला छ नि?
बजारमा यस्तो हल्ला धेरै सुनिएको छ, तर वास्तवमा यातायात कार्यालय बनेपा आएसँगै कार्यलयले राजस्व सम्बन्धी आफ्नो सेवाहरू सुचारु गरिसकेको छ र ट्रायल परीक्षा पनि छिटै सञ्चालन गर्ने भन्ने जानकारी दिएको छ, र ट्रायल परीक्षा सञ्चालन को लागि कार्यालय ले एक पटक टेन्डर खोलेको थियो, केहि कारण बश उक्त टेन्डर स्थगित हुँदै हाल रद्द भएको छ, अब काभ्रेमा ट्रायल परीक्षा सुचारु गर्नको लागि सबै भन्दा पहिले टेन्डर खुल्छ, र टेन्डर मा सहभागि रहेको ड्राइभिङ स्कुल मध्य एक ले उक्त टेन्डर प्राप्त गर्नेछ र सोही ड्राइभिङले ट्रायल लिने छ, अहिले लाइ बि एम के लाई ट्रायल भन्ने हल्ला हो भोलि भन्न सकिन्न।
आर्थिक अभावकै कारण ड्राइभिङ सिक्न चाहेर पनि सिक्न नपाउनु भएकाहरुका लागि बि.एम.के ड्राइभिङ स्कुलको तर्फबाट केही विशेष छुट छ ?
अहिले स्थानीय तहहरूले आफ्नै खर्चमा पनि प्रशिक्षण गराउँदै आएको छ । यसो गर्दा आर्थिक अभाव भएर सीप सिक्न नपाउनु भएकोहरूको लागि धेरै सहज भएको छ । यसैगरी हामी माझ कुनै प्रशिक्षार्थी म ड्राइभिङ सिक्न चाहन्छु तर मेरो आर्थिक अभाव छ भनेर आउनुभयो भने उहाँलाई हामी खाली हात पठाउँदैनौ । यसको लागि बिएमके ड्राइभिङ स्कुलले वर्षमा १२ जना महिनाको एकजनाको दरले यसरी निःशुल्क ड्राइभिङ सिकाउन पनि सुरु गरेका छौँ । यसमा हामीले हाम्रो कार्यलयको एउटा कोश स्थापना गरेका छौ सोही अनुसार वार्षिक १२ जनालाई सिकाइरहेका हुन्छौ । यो विपन्न परिवारको लागि मात्र हो ।
बजारमा व्यावासायि देखि प्रशिक्षार्थी सम्म बि एम के नै खोज्नु को कारण के हो?
मैले भनी नै हाले ८ हजार प्रशिक्षार्थीलाई बि एम के ले ट्रायल पास गराउन सफल रह्यो, उहाँहरूको साथ सहयोग नै हो बि एम के आफूले सिकेको रोजेको ठाउँमा नै उहाँहरूले पठाउने हो, हाम्रो सम्पत्ति भनेको नै हाम्रा ग्राहक बर्गहरू नै हो, प्रशिक्षार्थीहरूले बि एम के रोज्नु को पहिलो कारण नै सफलता हो, हामिले सिकाउने तरिका हाम्रो नतिजा, र व्यवहार नै प्रमुख कारण हो। र व्यवसायीहरूले बि एम के रोज्नु को कारण नै प्रशिक्षार्थीहरूले बि एम के रोज्नु हो मेरो यो विषयमा धेरै भन्नु केही छैन , जसरी हाम्रो आठ वर्ष देखिको विश्वासलाई अङ्गाल्दै बि एम के मै सिक्नु पर्छ भन्दै आउने प्रशिक्षार्थी हरूलाई निराश बनाइदिनु होस बि एम के लाई अझै ब्रान्ड बनाउन लागि सहयोग गरिदिनुहोस् सफल व्यवसायको शुभकामना ।
यहाँहरूले ड्राइभिङ स्कुल सञ्चालन गरिरहँदा देखिएका समस्याहरू अथवा समग्र नेपालमा अहिले यस विषयसँग सम्बन्धी चुनौती के देखिएको छ ?
मेरो मात्र होइन सबै ड्राइभिङ व्यवसाय यसरी खोलेर बस्नु भएकाहरूको केही आम समस्या छ । राज्यले सहयोग गरिदिने हो भनेदेखि धेरै कुराको समाधान पनि हुन्छ । आजभन्दा केही वर्ष अगाडि ड्राइभिङ स्कुलहरूमा एउटा ड्राइभिङ स्कुलले सिकाएर पठाएको छ, यो विद्यार्थीले राम्रो चलाउँछ भनेर सर्टिफिकेट दिन्थ्यो र त्यसैको आधारमा लाइसेन्सहरू बन्थ्यो तर हाल यो सिस्टम रद्द भएको छ । यसलाई फेरि सुचारु गर्न सकियो भने बजारमा भइरहेका दुर्घटनाहरू थप कम गर्न सक्थ्यो । यसलाई सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ । अहिले ट्रायल दिने क्रममा नै धेरै दुर्घटना भएको सुनिन्छ । त्यसो किन हुन्छ भन्दा यसरी ड्राइभिङ स्कुलहरू जोइन नगरीकन जानुहुन्छ अथवा प्रशिक्षण अवधि नसकी जानु हुन्छ । यसले गर्दा धेरै प्रभाव परेको छ । सबै ड्राइभिङ स्कुलहरूको लागि एउटै मापदण्ड बनाएर अगाडि बढ्ने हो भनेदेखि सहज हुन्छ ।
अन्त्यमा ?
मेरो कर्म क्षेत्र ड्राइभिङ स्कुल सम्बन्धी कुरा राख्ने मौका प्रदान गरिदिनुभएको मा हार्दिक धन्यबाद व्यक्त गर्दछु, साथै तपाईँहरूले विश्वास गर्नु भएको बि एम के ड्राइभिङ अहिले पुरानो ठाउँ बाट सरेको छ उस्तै नाम र ठाउँसङ्ग नझुक्किनुहोस्, भन्न चाहन्छु ।