चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?
चालु आर्थिक वर्षमा खासै ठूला र नयाँ योजनाहरू सम्पन्न भएका छैनन् । गत असोजमा गएको बाढी पहिरोले क्षति पुगेका संरचनाहरू पुननिर्माणमै हामी केन्द्रित रहेर काम ग¥यौं । तत्कालिन अवस्थामा क्षति पुगेका बाटोहरू पुननिर्माण ग¥यौं । पहिलेको भन्दा बजेट अलि कम नै थियो । योजनाहरू पनि घट्यो । अपेक्षा गरेजति राजस्व संकलन हुन सकेन । सिलिङ बजेट जम्मा २२ लाख रुपैंया मात्रै थियोे । शिक्षक अनुदान भनेर चारवटा स्कुललाई डेढ÷डेढ लाख रुपैंया दिएका थियौं । हरिसिद्धि मा.वि.मा चाहिं शिक्षक अनुदान भनेर ३ लाख बजेट दिएका थियौं । हाम्रो वडामा बर्थिङ सेन्टर सञ्चालन भइरहेको छ । त्यहाँ केही समस्या भइहाल्यो भने खर्च गर्नुपर्छ भनेर ५० हजार रुपैंया त्यता विनियोजन भयो । वडा कार्यालय पछाडिपट्टि पहिरो आएको छ । यसले समस्या भइरहेको हुँदा त्यो पन्छ्याउनको लागि ५० हजार बजेट विनियोजन गरेका थियौं । हिमालय माध्यमिक विद्यालयमा पानी ट्यांकी मर्मत गर्नुपर्ने भएकाले १ लाख रुपैंया बजेट विनियोजन गरेका थियौं । यो पनि सम्पन्न भइसक्यो । वडागत बजेटहरू यस्तैयस्तै काममा खर्च भएको छ । पालिकास्तरीय योजनाहरू पनि सम्पन्न भएका छन् । विशेषगरी विपद कोष पालिकामा थियो । त्यसले विपदको समयमा बाटोहरू पन्छ्याउने लगायतका कामहरु गर्न सहज भयो । हाम्रो वडाको भूगोल अलिकति ठूलो छ । त्यसकारण तत्कालिन अवस्थामा बाटो सफा गर्न नै हामीलाई पालिकास्तर बजेट नै ५० हजार जति खर्च भएको थियो । डाँडापारी जोड्ने ठाउँमा पुल नभएको अवस्था छ अहिले ।
विपत् व्यवस्थापनको लागि पूर्व तयारी के छ ?
अहिले वर्षाको समय सुरु भइसकेको छ । विपदहरू नआउने भन्ने त हुँदैन । त्यसले कत्रो आकार लिन्छ भन्ने कुरा हो । कोषहरू वडागत रुपमा छुट्टै छैन । पालिकास्तरीय छ । यदि केही अप्ठ्यारो प¥यो भने हामीले पालिकास्तरीय कोषहरूबाट खर्च गर्न सक्छौं । सामान्य विपद व्यवस्थापन र बचाउका तालिमहरु पनि प्राप्त भयो । विपद आइप¥यो भने केही काम लाग्छ भनेर सामान्य खालका सामानहरु पनि व्यवस्थापन चाहिं गरेका छौं तर त्यो पर्याप्त छैन ।
वडाको विकासको लागि अन्य निकायहरूसँग तपाईंले कतिको समन्वय गरिरहनुभएको हुन्छ ?
हामीले कार्यक्रमहरुमा विभिन्न संघसंस्था, स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेका हुन्छौं । जस्तै गत वर्षहरूमा हाम्रा थुप्रै खानेपानीका योजनाहरु सम्पन्न भए । ती प्रदेश सरकारबाट आएका थिए । सम्पन्न भइसकेका केही योजनाहरूमा विपदले धेरै क्षति पु¥यायो । सडकको क्षेत्रमा पनि विभिन्न योजनाहरू हाम्रो समन्वय र सहकार्यमा सम्पन्न भएका छन् । जसमध्ये एउटा हो लेखपानी सडक ढलान कार्य । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । अर्को सिपाली–चौकीडाँडा महाभारत जाने सडकको मर्मत सम्भारको लागि ४० लाख बजेट थियो । यो कार्य पनि सम्पन्न भइसकेको छ । यसरी विभिन्न कार्यक्रमहरूमा हामीले हाम्रो तर्फबाट पनि समन्वय गर्ने गरेका छौं ।
कृषि विकासको लागि तपाईंहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?
त्यस्ता ठूला कार्यक्रमहरू त छैन तर सामान्य कार्यक्रमहरू हामीले निरन्तर रुपमा गरिरहेका छौं । जस्तै किसानहरूलाई सिजन अनुसारका विभिन्न बीउबिजन वितरण गर्ने कार्यक्रम गरिरहेका छौं । यसैगरी उहाँहरुलाई आवश्यक पर्ने विभिन्न प्राविधिक तालिमहरु पनि प्रदान गरिरहेका छौं । पालिकास्तरबाट पनि यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ । अनुदानका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको हुन्छ । यसमा हाम्रा वडाका किसानहरु पनि समेटिनु भएको हुन्छ ।
स्वास्थ्यको लागि कार्यक्रमहरू केही गरिरहनु भएको छ ?
स्वास्थ्यको क्षेत्रमा पनि नियमित कामहरू सञ्चालन भइरहेको छ । सिपालीमा एउटा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएपछि हाम्रा वडाका नागरिकहरूलाई मात्र होइन नजिकैका अरु वडाका नागरिकहरुलाई पनि यसले सहजता ल्याएको छ । बर्थिङ सेन्टरबाट अलि पर स्वास्थ्य भवन पनि थियो । त्यहाँ अहिले नयाँ स्वास्थ्य भवन बन्ने क्रममा छ । हामीले औषधि अभाव हुन दिएका छैनौं । हाम्रो तर्फबाट गर्नुपर्ने पहल गरिरहेका छौं । स्वास्थ्यको क्षेत्रमा पनि राम्रै काम भएको छ ।
शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?
अहिले भइरहेको शिक्षक आन्दोलनले तपाईंको वडा भित्रका विद्यालयको शैक्षिक क्रियाकलापमा कत्तिको प्रभाव पारेको छ ।
गुणस्तरीय शिक्षाको निमित्त शिक्षा समितिहरू गठन भएका छन् । के कसो भइरहेको छ भनेर अनुगमनहरु पनि गरिरहेका हुन्छौं । गुणस्तरीय शिक्षा आवश्यक पर्छ भन्ने हिसाबले नै हामीले वडाबाट नै बजेट राखेर पाँचैवटा विद्यालयमा शिक्षक अनुदानको पनि व्यवस्था गरेका छौं । विद्यालय नपुगेका विद्यार्थीलाई विद्यालयको पहुँचमा पु¥याउनको लागि हामीले हरेक वर्ष प्रयास गरिरहेका हुन्छौं । शैक्षिक विकासको लागि समग्र वडा, पालिका लागि परेको छ ।
तपाईंको वडामा खानेपानीको अवस्था कस्तो छ ?
एक घर एक धाराको अभियान निरन्तर रुपमा चलिरहेको छ । सुँगुरे, लेखपानी, कालिन्चोक पछि वृहत खानेपानी मार्फत सञ्चालन भएको एक घर एक धारा खानेपानी सञ्चालनमा छ । नजिकका खोल्साहरूबाट भएपनि पानी व्यवस्थापन भइरहेको छ । एक घर एक धाराको अभियान सम्पूर्ण वडा भरि नै पूर्णरुपमा सम्पन्न भइसकेको अवस्था छैन । केही टोलहरूमा मात्रै सञ्चालन भएको छ । यसलाई निरन्तरता दिँदै बाँकी बसेका ठाउँह पूर्णता दिने हाम्रो प्रयास जारी छ ।
लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?
लक्षित समुदायको कार्यक्रमहरू पनि हामीले गरिरहेका छौं । जस्तै दलित लक्षित भनेर हामीले वडागत छुट्टै बजेट पनि राखेका छौं । यसैगरी समग्र पालिकाले पनि १२ लाख रुपैंया बजेट विनियोजन गरेको छ । गत वर्ष पनि हामीले दलित समुदायको २५ घरधुरीलाई बाख्रा वितरण गरेका थियौं । विभिन्न कृषि फर्ममा लगेर महिलाहरूलाई अवलोकन गराएका थियौं । घाँस खेती कार्यक्रम पनि लक्षित समुदायलाई नै केन्द्रित गरेर गरेका थियौं । यसरी विभिन्न आय आर्जनसँग जोडिने कामहरू हामीले गरिरहेका छौं ।
तपाईंको वडा कहिलेसम्ममा बालमैत्री वडा घोषणा हुन्छ ?
पछिल्लो समय हामीले बालमैत्रीवडा बनाउनकै लागि भनेर धेरै ठूला र विशेष कार्यक्रम गर्न सकेका छैनौं । पछिल्लो समय बनेका भवनहरू चाहिं बालमैत्री नै हुनुपर्छ भन्ने किसिमले गइरहेका छौं । यसका लागि विभिन्न सूचकहरू पूरा गर्नुपर्ने हुन्छ । तत्कालको लागि अहिले वडा यसको लागि तयार छैन तर बिस्तारै बिस्तारै यसमा पनि हामी काम गर्दै गइरहेका छौं ।
योजना अनुगमनका कामले कत्तिको निरन्तरता पाएको छ ?
अनुगमनको कामहरू नियमित रुपमा भइरहेको छ । उपभोक्ता समितिहरुबाट सम्पन्न हुन लागेका कार्यक्रमहरूको हामीले पटकपटक अनुगमन गर्छौं । आवश्यकताका आधारमा सल्लाह सुझाव दिन्छौं । प्राविधिकको बजेट इष्टिमेट अनुसार नै उहाँहरु योजना सम्झौताको लागि आउनुहुन्छ । योजना सम्पन्न भएर बिल पेश गर्ने समयसम्म पनि काम के कस्तो भएछ भनेर अनुगमनमा नै हुन्छौं । बाह्य क्षेत्रबाट सम्पन्न हुने योजनाहरु सम्बन्धित ठाउँबाट पनि अनुगमन भइरहेको हुन्छ । हामीले त हाम्रै ठाउँको काम भएकाले पनि प्रत्यक्ष रुपमा प्राय हेरिरहेका हुन्छौं ।
योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिइरहेका छन् ? तिनको समाधान कसरी गरिरहनुभएको छ ?
योजना सम्पन्न गर्ने क्रममा पछिल्लो समय जनगुनासो के छ भने, १० प्रतिशत श्रमदान गर्नुपर्ने भन्ने नीति छ । यो चाहिं अलि गर्न सकिएन भन्ने गुनासो आउँछ । सडकको नयाँ ट्रयाकहरू खोल्ने बेलामा जग्गा मासिने हुन्छ । त्यसकारण त्यो बेलामा पनि केही समस्याहरु चाहिं आउँछ । यस्ता समस्यालाई हामीले छलफलबाट नै टुंग्याउने गरेका छौं । त्यो बाहेक अरु समस्याहरू छैन । भयो भने पनि हामी समझदारीमा छलफलमा आएर नै टुंग्याउने छौं ।
वडाले गर्ने कामहरु कत्तिको पारदर्शी छन् ?
सबै कामहरू पारदर्शी नै छ । कार्यक्रम गर्नु पूर्व नै हामी सूचना प्रकाशित गर्छौं । विभिन्न सामाजिक सञ्जालको पनि प्रयोग गरेर सूचना प्रदान गरिरहेका हुन्छौं । समुदायबाट नै आएको प्रस्ताव अनुसारका कार्यक्रम गर्ने हो जहाँ समितिहरु गठन भएर गरिन्छ । जनप्रतिनिधिहरूले पनि अनुगमन गरिरहेका हुन्छन् । त्यहाँ प्रत्यक्षदर्शीहरु हुन्छन् । जनप्रतिनिधिहरू मात्र होइन समग्र समुदायको नै कुनै सम्पन्न हुन लागेका काममा निगरानी खबरदारी भइरहेको हुन्छ । त्यसकारण सबै कामहरु पारदर्शी नै छन् ।
आगामी आर्थिक वर्षको लागि के छ तयारी ?
गर्नुपर्ने कामहरू त धेरै छ तर अबको दिनमा चाहिं हामी विपदले क्षति पु¥याएका टोल बस्तीहरूलाई प्राथमिकीकरण गरेर काम गर्नेछौं । सडकहरूमा नाली व्यवस्थापन गर्दै जाने भन्ने योजना छ । त्यो बाहेक त आवश्यकताका आधारमा हामी प्राथमिकीकरण गर्दै काम गर्नेछौं । विकास गर्दा क्रमागत रूपमा मिलाएर गर्नुपर्ने रहेछ । जथाभावी गरेर पछि त्यसैले झन् अप्ठ्यारोमा पार्ने रहेछ । नागरिकहरूबाट पनि के कस्तो कार्यक्रमको माग आउँछ त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ ।
चुनाबी मैदानमा उत्रदाँ घोषणापत्रमा उल्लेख गरिएका कति कुरा पुरा भए ? कति बाँकी छ ?
हामीले चुनावताका घोषणापत्रमा खानेपानीका कामहरू गर्नेछौं भनेर भनेका थियौं । प्रदेश सरकारसँगको समन्वयमा हामीले धेरैवटा योजनाहरू पार्न सफल पनि भएका छौं । वडाको अलिकति विकट तीनघरे क्षेत्रमा पनि हामीले खानेपानीको काम गरेका छौं । डाँडापारी जाने मुख्य सडक हामीले बाह्रै महिना चल्ने बनाउँछौं भनेका थियौं । गत असोजमा गएको विपदले गर्दा यो काममा धेरै नै क्षति पुग्यो । यसले गर्दा केही समस्या भएको छ, नत्र भने हामीले त्यस्ता ठूला धेरै कुरा बोलेका पनि थिएनौं र बोलेका कुराहरु बिस्तारै पूरा पनि गर्दै गइरहेका छौं । आगामी कार्यकाल भित्रमा हामी सकेसम्म सबै कुराहरु पूरा पनि गर्छौं ।