हाम्रा कार्यक्रम र प्रणाली पारदर्शी छन्

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
  • २७३ पटक पढिएको

हाम्रा कार्यक्रम र प्रणाली पारदर्शी छन्

आर्थिक बर्ष २०८१÷८२ मा के कस्ता योजना सम्पन भए ? सबैभन्दा बढी कार्यक्रम कुन क्षेत्रमा भयो ? आगामी योजना के छ ?
गत आर्थिक वर्ष राम्रै भयो । सिलिङ भएर आएका कार्यक्रमहरू हामीले लगभग सबै नै सम्पन्न गर्यौ । वडाकै लागि भनेर छुट्याएको बजेट चाहिँ अलि कम नै थियो । त्यही भएर हामीले धेरै कार्यक्रमहरू चाहिँ गर्न पाएनौं तर जति कार्यक्रमहरू भए सबै प्रभावकारी कार्यक्रम नै थिए । जस्तै मानसिक रोग सम्बन्धी परामर्शका कार्यक्रमहरू भएको थियो । केही योजना पूर्वाधारको क्षेत्रमा पनि रहेको थियो । उक्त पूर्वाधारका क्षेत्रमा हामीले अधिकांश योजनाहरू सम्पन्न गरिसकेका छौँ । वडामा आएको सिलिङ बजेट भनेको जम्मा ३० लाख मात्रै थियो । यो बजेटमा धेरै ठूला कार्यक्रम गर्न सकिने सम्भावना पनि भएन । चाडपर्वलाई लक्षित गरेर पनि विभिन्न कार्यक्रम गर्ने गरेका थियौँ । जस्तै तिहारलाई लक्षित गरेर ठाउँठाउँमा बत्तीहरू राख्ने काम गरेका थियौँ । फोहोरमैला व्यवस्थापनका कामहरू पनि के भएको थियो । हामीले आर्थिक वर्ष २०८१÷८२ को लागि भनेर बनाएको योजनाहरू अधिकांश सम्पन्न भएको छ । मेरो कार्याकालमा हाइवेमा एउटा आकाशीय पुल बनाउने भन्ने थियो । त्यो चाहिँ पुरानो होला जस्तो छ । त्यो बाहेक अरु घोषणापत्रअनुसार नै हामीले काम गरिरहेका छौँ । राम्रो नै भइरहेको छ । अहिलेसम्म लगभग ७५ प्रतिशत जति काम सम्पन्न भइसकेको छ । बाँकी कार्यकालभित्र बोलेका अरु कुराहरु पनि पूरा गर्दै जाने हाम्रो लक्ष्य छ । सामाजिक सुरक्षा भत्ताहरू पनि घरघरमै पुग्न थालिसकेको छ । यसैगरी महिलाहरूलाई सीपमूलक तालिमहरू पनि प्रदान ग¥यौँ । जेष्ठ नागरिकहरूलाई भ्रमण गराउने कार्यक्रम पनि ग¥यौँ । महिलाहरूलाई पनि गोदावरी भ्रमण कार्यक्रमहरू राखेका थियौँ ।
लक्षित समुदायका कार्यक्रम स्थानिय सरकारद्धारा हुन छोड्यो भन्ने गुनासो आउँछ नी ?
लक्षित समुदायको लागि हामीले विभिन्न कामहरू गरिरहेका छौँ । लक्षित समुदायको कार्यक्रमहरू कुनै पनि वर्ष छुटेको अवस्था छैन । विषेशगरी महिलालाई लक्षित गरेर हामीले विगतका वर्षदेखि नै कार्यक्रम गर्दै आएका छौँ । गतवर्ष पनि हामीले ढाका बुनाईको तालिमहरू गरेका थियौँ । लक्षित कार्यक्रम महिलाहरूका लागि मात्रै छैनन् । युवाहरूका लागि पनि छन् । जस्तै हामीले वारिस्ता तालिम भनेर सञ्चालन गरेका थियौँ । युवाहरुलाई उद्यमी बनाउनुपर्छ अथवा विदेशै जान्छु भन्नेहरुको लागि पनि हातमा सिप हुनुपर्छ भन्ने हाम्रो धेरै थियो । क्रिस्टलको माला बुन्ने तालिमहरू पनि राखेका छौँ । चालु आर्थिक वर्षमा पनि हामीले यस्ता विभिन्न शीर्षकहरूमा तालिमहरू गर्नेछौँ । यसमा चाहिँ तालिम मात्र लिनेभन्दा पनि तालिम लिइसकेपछि उद्यम पनि गर्नुपर्छ भन्ने हाम्रो मुख्य जोड रहेको छ । त्यसैले हामीले अहिले पसल नै सञ्चालन गरिरहनुभएकोहरूको लागि पनि थप के गर्न सकिन्छ भनेर विशेष योजना अगाडि बढेका छौँ । यसैगरी कम्प्युटर तालिमको पनि व्यवस्था गरेका छौँ । स्कलरसिप मार्फत गतवर्ष दुईजना हुनुहुन्थ्यो । यो वर्ष ४ जनालाई हामीले यसरी वडाकै बजेट मार्फत पनि पढाइरहेका छौँ । विगतका बर्षहरुममा पनि सिपमूलक तालिमहरु थियो । जस्तै हामीले सरफ बनाउने तालिम पनि दिएका थियौँ । यसको निकै राम्रो प्रभाव रहन गयो । हामीले यो तालिम उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत दिएका थियौँ । केहीले हाटबजारमा लगेर अहिले बिक्री वितरण पनि गरिरहनु भएको छ भनेदेखि आफैलाई प्रयोग गर्नको लागि भएपनि उहाँहरूलाई धेरै सहज भएको छ । बालबालिका, अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक लगायत सबै लक्षित समुदायको लागि हामीले विविध कार्यक्रम गरिरहेका छौँ ।
विकास निर्माणको कामना अरु निकायहरूसँग यहाँहरूको समन्वयात्मक भूमिका कस्तो छ ?
समन्वय त हामीले गरिरहेका छौँ । प्रदेशको कार्यक्रमहरू त कमै पर्ने गरेको छ । हाम्रोमा संघीय सरकारबाट आएको कार्यक्रमहरू चाहिँ राम्रै छ । यो वर्ष आलु कोल्ड स्टोरको लागि २ करोड रकम बराबरको परेको छ । मैले व्यक्तिगत रुपमा पनि सकेको पहल गरिरहेको छु तर भनेजति कामहरु गर्न सकेनौँ की भने लागिरहेको छ । भनेजतिको बजेट अथवा योजनाहरु खासै परेको छैन । हामीले गर्ने हाम्रोतर्फबाट समन्वय भनेको त राम्रो नै छ । हामीले गरिरहेका पनि छौँ ।
स्वास्थ्यमा सबै नागरिकको पहुँच समान रुपले प्रदान गर्नको लागि के गरिरहनुभएको छ ?
स्वास्थ्यमा सबै नागरिकको पहुँच समान रूपले प्रदान गर्नको लागि हाम्रो तर्फबाट जे जति सक्छौ हामीले गरेका छौँ । विशेष गरेर हामीले आमा समूहहरुलाई लक्षित गरेका छौँ । स्वास्थ्य नै धन हो भन्ने नाराका साथ उहाँहरुलाई नेपाल सरकारबाट निःशुल्क रुपमा प्रदान हुने औषधिहरूको बारेमा जानकारी गराउने, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरिरहेका छौँ । यसैगरी हामीले पनि नेपाल सरकारबाट निःशुल्क रुपमा प्रदान हुँदै आइरहेको औषधी वितरणलाई सहजीकरण गर्छौं । नेपाल सरकारको मापदण्डअनुसार नै स्वास्थ्य सेवा जानुपर्छ भन्ने हाम्रो मुख्य जोड हो । यसैगरी हामीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सक्रिय रूपमा परिचालन गरिरहेका छौंँ । रेविज रोग विरुद्धको खोपहरू जिल्लामा अभाव भइरहँदा हामीले पाटन हस्पिटल गएकाहरूलाई लागेको खर्च वडाले नै बेहोरेको थियो । भुस्या कुकुर व्यवस्थापनको लागि पनि यो वर्ष पनि वडाले केही रकमहरू राखेको छौँ । स्वास्थ्यको क्षेत्रमा पनि हामीले सकेका कामहरू र बजेटले बजेटले भ्याए जतिको कामहरू गरिरहेका छौँ । रेयुकाईसँग समन्वय गरेर हामीले आँखासम्बन्धी स्वास्थ्यको कार्यक्रमहरू पनि गरिरहेका छौँ । स्वास्थ्यसँग सम्बन्धित आएका समस्याहरुलाई हामीले व्यवास्ता गरेका छैनौं । सकेसम्म समाधान गर्ने कोसिस गरिरहेका छौँ । धेरैजसो वृद्धवृद्धाहरु दमको रोगी हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरू यदि दमको रोगी हुनुहुन्छ भनेदेखि अक्सिजनहरू पर्याप्त रुपमा खरिद गर्नको लागि समस्या भइरहेको पाएका छौँ । यसमा पनि केही न केही समाधान गर्ने कोसिस गरेका छौँ । वडा नं ८ का सबै नागरिकको पहुँच स्वास्थ्यमा समान रुपले पुगोस भनेर हामीले पहल गरिरहेका छौँ । नियमित रुपमा सरकारले प्रदान गर्ने कार्यक्रमहरुमा पनि उहाँहरुलाई सहभागि गराईरहेका छौँ ।
अभियानकै रूपमा गरिएको कार्यक्रमहरु केही छ ?
अभियानकै रूपमा पनि थुप्रै कार्यक्रमहरू सञ्चालन भइरहेको छ । जस्तो खानेपानीकै कुरा भयो । अर्को भनेको फोहोर महिला व्यवस्थापन पनि छ । यसको लागि विशेषगरी कोशी खेतीलाई प्राथमिकता दिनुपर्छ । घरमा उत्पादन भएका कुहिने फोहोरहरूलाई मल बनाउनुपर्छ भनेर हामीले यसरी पनि सुरुवात गरेकाछौँ । उत्पादन भएका कुराहरू पनि अग्र्यानिक हुनुपर्छ भन्ने पनि हाम्रो जोड हो । यसको लागि पनि हामीले अभियानको रुपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । अर्गानिक खेतीको लागि पनि यसरी अभियानकै कार्यक्रमहरू चलाएर काम भइरहेको छ । अभियानकै रूपमा गरेको पुण्यमाता नदी सरसफाईको कार्यक्रम पनि हो । यसमा हामी लागि पनि परिरहेका छौँ । बेलाबखत महामारी विरुद्ध पनि हामी अभियानकै रुपमा खटिएर काम गर्ने गरेका छौँ । जसले गर्दा समस्याको समाधान छिटो निक्लिन्छ ।
वडामा शिक्षा क्षेत्रलाई थप सुधार गर्ने खालका कार्यक्रम के के भएका छन् ? आगामी दिनमा के छ योजना ?
हाम्रोमा सामुदायिक विद्यालय जम्मा दुईवटा छ । शिक्षा भनेको कुरा अहिले लगानी गरेर अहिले नै त्यसको प्रतिफल देखिने कुरा होइन यसको लागि निकै समय कुर्नुपर्छ । जसको लागि अहिलेदेखि नै हामीले तयारीहरू गरिरहेका छौँ । शिक्षाको क्षेत्रमा हामीले राम्रै काम गरेका छौँ । वडाबाट सकेको बजेटहरू ती विद्यालयमा पनि विद्यालयका लागि पनि विनियोजन गर्छौं । शिक्षा सदनमा विद्यार्थीहरूको सङ्ख्या धेरै पनि छ । त्यसकारण हामीले आईएसओबाट मान्यता प्राप्त दिलाउनको लागि वडाबाट पनि पहल गर्दैछौँ । केही बजेटहरु विनियोजन गरेका छौँ । निजी विद्यालय चाहीँ निकै छ । नौवटा रहेका छन् । सामुदायिक विद्यालयको हकमा वडाको बजेटको दायरा केही बढाएका छौँ । यसले गर्दा शैक्षिक विकास र शैक्षिक गुणस्तर वृद्धिमा थप टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । वडागत रुपमा विभिन्न खालका पहलहरु शिक्षाको क्षेत्रमा हुँदै आएको छ ।
वडाले गर्ने काम कत्तिको पारदर्शी छ ?
कार्यक्रमहरू निकै पारदर्शी छन् । हाम्रो प्रणालीहरू पनि पारदर्शी नै छन् । हामीले सबै उपभोक्ता समिति मार्फत नै काम गर्छौं । हामीले गरेका कामहरुको बारेमा पनि हामी उहाँहरुलाई जानकारी गराईरहेका हुन्छौँ । कुनै उपभोक्ता समिति बनाउँदाखेरि पनि पार्टीगत रुपमा नहेरिकन आवश्यकताको आधारमा बनाएका थियौँ । व्यक्तिगत घटना दर्ताको कुरामा प्रचलित कानुन बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण गर्ने र नगरपालिकामा प्रतिवेदन गर्ने, जनचेतना कार्यक्रम संचालन गर्ने काम पनि हुन्छ । सबै काम पारदर्शि नै छ ।
खानेपानीको क्षेत्रमा पछिल्लो समय कस्ता खालका सुधार भएको छ ?
गत असोजमा आएको बाढी पहिरोले केही समस्या पारेको थियो । त्यसपछि हामीले डिप बोरिङलाई प्राथमिकतामा राख्यौँ । अहिले सहज रुपमा पानी वितरण भइरहेको छ । त्यति धेरै समस्या छैन । खानेपानीका विभिन्न परियोजनाहरूसँग पनि हामीले समन्वय गरेर काम गरिरहेका छौँ । एकीकृत खानेपानीको लागि हामी नगरपालिका, वडा सबै लागिपरेका छौँ । पानी नै नभएको भन्ने अवस्था चाहिँ छैन । खानेपानीको लागि त्यति नाजुक अवस्था पनि छैन । तर कहिँ कतै मर्मत सुधार गर्नुपर्ने कामहरू त भइ नै रहेको हुन्छ । त्यसलाई हामीले अन्देखा गरेका छैनौं । अहिले सम्भवत म निर्वाचित भएपछि खानेपानीमा ८० प्रतिशतसुधार भएको छ । पुर्ण रुपमा सम्पन्न हुन २० प्रतिशत मात्र बाँकी रहेको छ । नगरपालिका अथवा अन्य निकायहरूसँग समन्वय गरेर भएपनि खानेपानीको कामलाई द्रुतगतिमा लागिरहेका छौँ । एकपटक बनाएपछि कहिले नबिग्रिने भन्ने हुँदैन । त्यसकारण खानेपानीका पाइपलाइन ट्याङ्की लगायतका मर्मत सुधारका कामहरु भइरहेको हुन्छ ।
विपद् व्यवस्थापनको पाटोमा वडाले पूर्व तयारी स्वरुप के कस्तो काम गरेको छ ?
विपत प्रतिकार्यको लागि विभिन्न तालिमहरु प्रदान गरिरहेका छौँ । त्रिपाल लगायत विभिन्न औजार उपकरणहरू हाम्रो तयारी अवस्थामा छ । त्यो पर्याप्त नहोला तर पनि सामान्य विपत आइपर्दा त्यसले सहज हुन्छ । विपद व्यवस्थापनको समितिहरू छुट्टै पनि छ । नगरपालिका छुट्टै कोषहरू पनि व्यवस्थापन गरिएको छ । विपद्बाट हुने जनधजको क्षतीका बारेमा हामी सचेत नै रहेका छौँ । वडाका नागरिकहरुलाई पनि बर्खाको समय या अरु समयमा आउन सक्ने विभिन्न विपद्बाट जोगाउनु हाम्रो कर्तव्य पनि हो । ठाउँठाउँमा तारजाली लगाउने काम भइरहेको छ ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस