
० केमा व्यस्त हुनुहुन्छ ? चालु आर्थिक बर्षको लागि भनेर बनाइएको योजनाहरु कति सम्पन्न भए ? कति बाँकी छ ?
नियमित रूपमा जसरी हामीले योजनाहरू बनाउँथ्यो सोहिअनुसारले हामीले वैशाख जेठ भित्रमा योजनाहरु बनाइसक्ने गरी काम गरेका थियौँ । गतवर्ष असोजमा गएको बाढी पहिरोले हाम्रोमा धेरै क्षति पुर्याएको थियो । त्यसले पनि हामीलाई केही सजग बनाएको थियो । गतवर्ष हामीले सडकको क्षेत्रमा काम त गर्यौ तर त्यसमा अलि धेरै नै खर्च गर्नुपर्ने भएकाले पूर्णरूपमा सम्पन्न गर्न सकेनौँ । त्यसलाई हामीले यो वर्ष निरन्तरता दिएका छौँ । त्यो बाहेक अरु केही योजनाहरू पनि छन्, जुन गत वर्ष पूरा गर्न सकिएन । त्यसलाई हामीले यो वर्ष निरन्तरता दिएका छौँ । विषयगत रुपमा हामीले सकेसम्म सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रमहरू बनाएका छौँ । सडक निमार्णको काममा विषेश प्राथकितामा राखेर काम गर्ने योजनाका साथ हामी लागि परेका छौँ । विशेष प्राथमिकता दिएर काम गरिरहेका छौँ । अधुरो रहेका गुम्बाहरू निर्माण गर्ने भन्ने योजनाहरू पनि छ । वडाभित्र सामुदायिक प्रतीक्षालयहरू, ट्रस्टहरू बनाउने काम यो वर्ष पनि निरन्तर रुपमा जानेछ । जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै स्मार्ट चौताराको लागि भनेर साझेदारीमार्फत कार्यक्रमहरु बनाएका छौँ । सार्वजनिक शौचालय सिँचाईका कार्यक्रमहरू पनि छ ।
० सडक विस्तार तथा मर्मत संभारको कामको कत्तिको प्राथकिता पाएको छ ?
सडकको लागि लगभग साढे चार करोड बराबरको बजेटमा काम गर्दैछौँ । प्रदेश सरकारसँगको साझेदारीमा “फेदि–चण्डेनि–छाप–आपघारि” सडक को दोस्रो चरणको काम भैरहेको छ । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको समपुरक बजेटबाट पिचको काम सुरु भएको हो । यो सडकले नगरपालिकाको वडा नम्बर १० र १२ को माथिल्लो क्षेत्रका स्थानीय आवातजावात गर्ने मुख्य सडक हो । अहिले हामीले यसलाई फोकस गरेर काम गरिरहेका छौँ । फेदिबाट तिमल्सिना गाउँ हुँदै कोट्याङतर्फ जाने बाटोको लागि संघीय सरकारबाट ९१ लाख बजेट प्राप्त भएको छ । यसमा नगरपालिकाले साझेदारी गर्नुपर्ने एक करोड ३६ लाख ५० हजारको बजेट छ । यो रकममा स्थानीय स्रोत साधनबाट पनि अझै थप गरेर राम्रै बाटो बनाउने भन्ने छ । अर्को सडक भनेको ४८ किलो झगडेडाँडाँ हुँदै रामपुरतर्फ जाने सडकको लागि यो वर्ष सङ्घीय सरकारबाट आएको २५ लाख रुपैयाँ बजेट रहेको छ । यो वर्ष जेन्जी सरकारको प्रभाव रहेन भनेदेखि यो सडकको कामहरू निरन्तर रुपमा जानेगरी काम गरिरहेका छौँ । यो वर्ष विशेषगरी यी तीनवटा सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । वडा र नगरपालिकाको बजेटहरूबाट चाहिँ साझेदारी गर्दै शाखा सडकहरू बनाउने भन्ने योजना छ ।
० वडामा खानेपानीकोे अवस्था के छ ?
अहिले हामीसँग धेरै खानेपानीको अभाव भएको ठाउँहरु छैन । व्यवस्थापकीय चुनौतीहरू चाहिँ छ । गतवर्ष पुगेको क्षतिलाई पूर्ति गर्नको लागि हामीले केही काम गरेका छौँ । लगभग ९० वटा नयाँ धाराको लागि माग आएको छ हामीले त्यसमा पनि काम गर्दैछौँ । विपद्ले गर्दा केही समस्या भएको थियो । हामीले बजेट विनियोजन गरिसकेपछी विपद्को कारण विभिन्न समस्या हुन पुग्यो । मगर गाउँ र गैराथोकको खानेपानीको पम्प हाउस र वितरण लाईनमा क्षती पुगेको थियो । धाराको मोठ बनाउने चाहीँ योजना बनाएका छौँ । यो बर्ष ती काम हुनेगरी काम गरिरहेका छखानेपानीको लागि पनि छौँ । हामीले कार्यक्रमहरू गरिरहेका छौँ । गत बर्षहरुमा पनि खानेपानीको लागि केही समय मुहानका कुराहरुमा एक घर एक धारा अभियानलाई सम्पन्न गर्नतर्फ पनि हामी लागिरहेका छौँ । हामीले खानेपानीको क्षेत्रमा पनि विभिन्न योजनाहरूलाई अगाडि बढाएर काम गरिरहेको अवस्था छ । खानेपानीको धारा व्यवस्थापन गर्नको लागि
० बालमैत्री वडा घोषणाको तयारी के छ ?
बालमैत्री वडा घोषणा गर्नको लागि नगरपालिका तहदेखि नै कार्यक्रम चाहिँ भइरहेको छ तर हाम्रो वडामा फर्निचर समेत मैत्रीपूर्ण नभएको अवस्थामा सुरुदेखि नै काम गर्नुपर्ने देखिएको छ । यसको लागि हामीले बजेट नै विनियोजन गरेर काम गर्न लागिरहेका छौँ । बलमैत्री वडा घोषणा गर्नको लागि केही समय लाग्छ । धेरै सूचकहरु पुरा गर्नुपर्छ । वडालाई पनि बालमैत्री र अपाङ्गमैत्री बनाउनुपर्ने छ । मैत्रीपूर्ण भवन बनाउनुपर्ने छ । विद्यालयहरुलाई पनि सुधार्नुपर्ने छ । यसको लागि त अझ केही समय नै लाग्छ होला । हामीले हाम्रोतर्फबाट गर्ने कामहरु त गरिरहेका हुन्छ ।
० बालबालिका, महिला, अपाङ्गता भएका नागरिकको क्षेत्रमा वडाले कसरी काम गरिरहेको छ ?
गतवर्ष लक्षित समुदायलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने उद्देश्यका साथ बाख्रा प्रवर्धनको कार्यक्रमहरू सञ्चालन गरेका थियौँ । हामीले बाख्राहरू नै वितरण गरेका थियौँ । यो वर्ष चाहिँ दलित समुदायको पेशागत सुधार भनेर आरन सुधार, सिलाई बुनाई प्रवर्धन कार्यक्रमहरू ल्याएका छौँ । यसमा चाहिँ हामीले ओजार उपकरणहरू नै दिन सक्छौं कि भन्ने हो । महिलाहरूको लागि सिपमूलक तालिम दिन सकियो भने उहाँहरुलाई आयआर्जनसँग जोड्न सकिन्छ भन्ने छ । यसमा हामीले नगरपालिकाबाट आयोजना हुने कार्यक्रमलाई पनि जोडेका छौँ । ंजस्तै सिलाई बुनाई, व्युटिपार्लरको तालिम सम्पन्न गरेका छौँ । कुनै तालिम एड्भान्स लेभल कै रहेको छन् । उहाँहरुलाई त्यसले जीविकोपार्जनमा सहज बनाउनेमा हामी अपेक्षित छौँ । त्यसकारण हामीले मेशिनरी औजारहरु सामानहरु पनि वितरण गरेका छौँ । कृषिलाई पनि जोडेर लक्षित समुदायका कार्यक्रमहरु लिएर आएका छौँ । प्लम्बिङको तालिमहरू पनि दिइरहेका छौँ । वडा स्तरबाट लक्षित कार्यक्रमहरु खासै धेरै छैन । नगरपालिकाबाट भने कार्यक्रमहरु भइरहेको छ । बजेट विनियोजन सहित छलफल गरेको अर्को विषय भनेको लोप हुन लागेको सनई बाजा पनि दिने कि भन्ने छ । यसले उहाँलाई आर्थिक उपार्जनको क्षेत्रमा पनि थप मजबुत बनाउँछ भन्ने हाम्रो अपेक्षा हो ।
० स्वास्थ्यको लागि कार्यक्रम के के बनेको छ ? योजना के छ ?
वडाबाट हामीले सामान्य स्वास्थ्य सेवाहरू त निरन्तर रुपमा प्रवाह गरिनैरहेका छौँ । स्वास्थ्यको लागि विषयगत शाखाहरूबाट पनि योजना बन्ने गरेको छ । सरसफाईको, खोप, पोषणका कार्यक्रमहरु पनि छ । विभिन्न अवर्नेसका कार्यक्रमहरू पनि छन् । विभिन्न क्याम्पेन तथा शिविरका कार्यक्रमहरू पनि छ । स्वास्थ्यको लागि भवन बनाउँदैछौ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । नेपाल सरकारद्वारा निःशुल्क रुपमा प्रदान हुँदै आएका सबै खालका औषधिहरू नियमित रुपमा हामीले स्वास्थ्य संस्था मार्फत प्रदान गरिरहेका छौँ । त्यो बाहेक हामीले गाउँघर क्लिनिकहरू पनि चलाइरहेका छौँ । अरु सेवा दिने कुरामा त हामी अबल नै रहेका छौँ । हामीलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सहयोग गरिरहनुभएको छ । गाउँ घर क्लिनिक सञ्चालन भइरहँदाखेरी स्वास्थ्यकर्मीहरु गाउँघरमा पुगेर सुगर, प्रेसर चेक गर्ने र आवश्यक सल्लाह दिने काम गर्नुहुन्छ ।
० विपद् व्यवस्थापनको लागि वडामा पूर्व तयारी स्वरुप केही व्यवस्थापन गरिएको छ ?
विपद्को लागि नगरस्तरिय कोषहरु रहेका छन् । ती मार्फत पनि कामहरु हुन्छ । योजनाहरु रहेको छ । वडा स्तरमा वडा स्तरिय समितीहरु रहेको छ । रेडक्रसले दिएको केही सामाग्रीहरु पनि त । तिनलाई अपडेट पनि गराउँदै जाने छाँै । विपद्प्रतिकार्य टोली भनेर चाहिँ छ हामीसँग । पहिले रेड क्रस देखि नै सञ्चालित टोलीहरू पनि छ । विशेष यसको तयारी नगरबाट पनि भइरहेको छ । केही सामग्रीहरू तयारी अवस्थामा पनि छन् । वडा वडामै पनि विपदको पूर्व तयारी स्वरूप केही सामानहरू व्यवस्थापन गरिएको छ । जस्तै साबेल, पिकहरू छ । बार्षिक रुपमा विपद्को लागि विभिन्न कार्यक्रमहरु पनि गर्ने गरेका छौँ । समितीहरुको क्षमता विकास गराउने कामहरु पनि गरेका छाँै । विपद्को लागि वडा स्तरमा बजेट नै विनियोजन गर्ने काम त भएको छैन तर नगरपालिकाम चाहीँ छ । विपद् व्यवस्थापनको लागि हामीले वडाका सबै नागरिककलाई सचेत बनाएर राख्नुपर्छ । हामीले सुरक्षाकर्मीज्यूहरूसँग पनि सहकार्य गरेर काम गरिरहेकाछौँ । यसले थप सहज पनि भएको छ ।
० वडामा कृषि केन्द्रित कार्यक्रम के कस्ता छन् ?
नगरपालिकाको कृषि शाखा मार्फत किसानहरूको सूचीकरण गर्ने काम भइरहेको छ । माख्लो बेल्टलाई फलफुल उत्पादनमा नै बढी जोड दिएका छौँ । विशेषगरी सिँचाइको कामहरू पनि गर्ने तयारीमा छौँ । विपतले बगाएको कुलो बाँधहरूलाई पनि बनाउने भन्ने योजना छ । नयाँ बनाउनेभन्दा पनि यसलाई रिपेयर गर्ने भन्ने हाम्रो योजना हो । बजेटहरू एकदमै कम भएको कारण कृषिको लागि हामीले त्यस्ता ठूला खालका केही योजना वडागत रूपमा गर्न सकेका छैनौं । यान्त्रिकरणको कार्यक्रमको लागि हामीलाई प्रदेश सरकारले सहयोग गरिरहेको छ । कृषिमा सिँचाइको योजनाहरु चलिरहेको छ । नगरपालिकाबाट पनि कृषि औजार वितरणको कार्यक्रम भइरहेको हुन्छ । बजेटहरू एकदमै थोरै भएको कारणले हामीले कृषिमा भने जसरी काम गर्न सकेका छैनौँ । हामीले वितरण हुने औजार उपकरणका कार्यक्रममा भने हाम्रा वडाका नागरिकहरुलाई सिफारिसको आधारमा सहभागी गराइरहेका छौँ । यसैगरी हामीले आयआर्जन वृद्धिका कार्यक्रमहरू पनि राखेका छौँ । यसको लागि कफी पकेट क्षेत्र माथिल्लो बेल्टलाई बनाउने कि भन्ने योजना बनाएका छौँ । बेसी क्षेत्रमा चाहिँ नगोदे बालीलाई नै प्रमोट गर्ने कि भन्ने हिसाबले पनि काम गरिरहेका छौँ । यसको लागि चाहिँ हामीले सिचाईका योजनाहरूलाई अगाडि बढाएका छौँ ।
० शिक्षामा के छ प्रगती ?
सामुदायिक विद्यालयलाई गुणस्तरमा अबल बनाउनको लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो विषयमा पनि छलफल भएको छ । दिवा खाजाको कुरालाई अझ कसरी प्रभावकारी बनाउने भनेर पनि हामीले छलफल गरिरहेका छौँ । भर्ना अभियानको काम लगभग सक्किएको छ । अब हुने हाम्रो वडा भेलामा शिक्षाको विषयमा पनि बृहत रुपमा छलफल गर्नेछौँ । र कसरी हाम्रो शैक्षिक गुणस्तरलाई अब्बल बनाउन सकिन्छ त्यो विषयमा पनि छलफल हुनेछ ।