गरिरहेकै काम थप प्रभावकारी बनाइरहेका छौं

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८२ पौष १५, मंगलबार (२ हप्ता अघि)
  • १०४ पटक पढिएको

गरिरहेकै काम थप प्रभावकारी बनाइरहेका छौं

० चालु आर्थिक बर्षमा स्वास्थ्य शाखाले गर्ने गतिविधि के–के छन् ?
हामीले विपद्ले गर्दा धेरै योजना सम्पन्न गर्नसक्ने अवस्था छैन । माथिल्लो निकायबाट आएका कार्यक्रमहरूलाई नियमित रुपमा सञ्चालन गरिरहेका छौँ । पालिकाबाट गर्नुपर्ने नियमित कार्यक्रमहरू पनि निरन्तर रुपमा सञ्चालनमा नै रहेका छन् । सरकारबाट प्राप्त अनुदानको नियमित गर्नुपर्ने काम सञ्चालन गरिरहेका छौँ । के राष्ट्रिय कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । यसैगरी पालिका तहबाट गर्नुपर्ने कामहरू पनि फाट्टफुट्ट सुरु गरिरहेका छौँ । चालु आर्थिक वर्षमा नेपाल सरकारले तोकेका नियमित कार्यक्रमहरू सञ्चालन हुनेछ । यो वर्ष खासै धेरै नयाँ खालका कार्यक्रमहरू छैनन् । विपतको कारण पनि हामीले भनेजस्तो सोचेजस्तो बजेटहरू विनियोजन गर्न सकेका छैनौँ । सङ्घीय सरकारका कार्यक्रमहरूमा नै मद्दत पुग्ने हिसाबले काम गरिरहेका छौँ । जस्तै हाम्रोमा खोपका कार्यक्रमहरू छ । परिवार नियोजनका कार्यक्रमहरू छन् । आमा सुरक्षा, कार्यक्रम पोषणका कार्यक्रम, क्षयरोका कार्यक्रम दैनिक बिरामी उपचारहरूका काम सञ्चालन भइरहेको छ । अहिले हामीले वार्षिक समीक्षाको कार्यक्रमहरू सक्कायौँ । विभिन्न कार्यक्रमका समीक्षाहरू पनि गरिरहेका छौँ । क्षयरोगका समिक्षा कार्यक्रम भइरहेको छ । किहि होम भिजिटका कार्यक्रमहरू पनि सकाएका छौँ । अहिले हामी खोप कार्यक्रमको सुक्ष्म योजना बनाउने काममा छौँ । सुरक्षाकर्मीहरूको क्षमता वृद्धिमा बेलाबेला आवश्यकताले मुलुकहरू पनि सञ्चालन गरिरहेका छौँ । प्रत्येक महिना हरेक स्वास्थ्य संस्थामा एकपटक भिडियो एक्सरेका कार्यक्रम गर्छौं । यो गाउँपालिकाको कार्यक्रम हो । प्रदेश सरकारको ज्यष्ठ नागरिक स्वास्थ्य परीक्षण जुन मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत छ, त्यसलाई गाउँपालिकाले इनिसिएसन लिएर प्रत्येक तीन महिनाको अन्तरालमामा सुगर प्रेसर लगायतका स्वास्थ्य परीक्षण हुने गरेको छ ।
० गाउँपालिकाले यस आर्थिक बर्षका लागि स्वास्थ्यमा कति बजेट छुट्याएको छ ?
चालु आर्थिक वर्षको लागि शाखागत रूपमा गरिने कामका लागि जम्मा ८० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । कर्मचारीहरूको तलब भत्ता यही रकमबाट व्यवस्थापन गर्नुपर्नेछ । बाँकी बजेटबाट महिला लक्षित कार्यक्रम, शिविरहरू सञ्चालन गर्ने, जेष्ठ नागरिक लक्षित कार्यक्रम लगायत समेटिनेछन् । कर्मचारीको तलब भत्ता बाहेक करिब ४० लाख जति बजेट रहेको थियो । विपत्तिले गर्दा त्यो बजेटमा पनि १५ लाख जति कटौती गर्नुपर्ने भयो । जसले गर्दा नयाँ कार्यक्रमहरू गर्न हामीले सकेका छैनौँ । गतवर्षहरूमा नियमित रूपमा गरिरहेको कार्यक्रमहरू यो वर्ष पनि निरन्तरता दिएका छौँ । जस्तै मोतिया बिन्दु भएकाहरूलाई लक्षित गर्दै कार्यक्रम ल्याएका थियौँ । महिला र बालबालिका लक्षित कार्यक्रम गर्यौ । टिभी रोगसम्बन्धी परीक्षण पनि ग¥यौँ । महिलाहरूको आङ खस्ने समस्या र पाठेघर सम्बन्धी क्याम्पहरू सञ्चालन भएको थियो । जेष्ठ नागरिकहरूको हरेक चार महिनाको अन्तरालमा नसर्ने रोग सम्बन्धी परीक्षण गर्दै आएका छौँ । त्यो बाहेक अरु थप नयाँ कार्यक्रमहरू चाहिँ बजेट अभावकै कारण गर्न सकेका छैनौं । संघीय सरकार र प्रदेश सरकारबाट पछिल्लो समय थप कार्यक्रमहरू चाहिँ आएको छैन । तर यो आर्थिक वर्षको लागि भनेर पहिले नै विनियोजन भएर आएका र नियमित रुपमा गर्दै आइरहेका कार्यक्रमहरुले चाहिँ नियमितता पाएको छ । हामीले पनि तोकिएको मितिमा ती कार्यक्रमहरू सम्पन्न गर्दै गइरहेका छौँ ।
० अभियानको रुपमा के के कार्य गर्दै हुनुहुन्छ ?
ठुला अभियान कै कार्यक्रम भनेर चाहिँ राखेका छैनौँ तर शिविर कार्यक्रमहरू हामी सञ्चालन गरिरहेका हुन्छौँ । केही कार्यक्रमहरू त्रैमासिक र चौमासिक रुपमा सञ्चालन गरिरहेका छौँ । ती चाहिँ निरन्तर रुपमा भइरहेको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा हामीले शिविरहरू सञ्चालन गरिरहेका छौँ । जस्तै मोतियाबिन्दु भएकाहरूको स्किनिङको काम गर्यौ । टिबिको पनि स्क्यानिङ गर्ने कामहरू गरिरहेका छौँ । अहिले स्त्री रोग सम्बन्धी केही शिविरका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हरेक तीन चार महिनाको फरकमा बस्तीबस्तीमा नै गएर पनि नसर्ने रोगको परीक्षण गर्दै आएका छौँ । कुनै ठुलो विपत्तिहरू आइपर्दाखेरि हामीले त्यो विपत्तिलाई समाधान गर्नको लागि चाहिँ बेलाबखतमा नारा सहितका कार्यक्रमहरू गरिरहेका हुन्छौँ । गाउँपालिकाले रेयुकाई हस्पिटलसँग समन्वयका कार्यक्रम पनि गरेको छ । जसमा, वडाको सिफारिसको आधारमा बेथानचोक गाउँपालिकाका नागरिक गयो भने निःशुल्क सल्यक्रिया पनि हुन्छ । धुलिखेल अस्पतालको समन्वयमा हरेक महिनाको पहिलो बिहिबार दाँतको क्लिनिक पनि चलाउँछौँ ।
० कुनै महामारी वा विपत् आइ लाग्यो भने परिचालनको लागि कुनै पूर्व तयारी छ ?
हामीसँग आरआरटी हुन्छ । यो चाहिँ पालिका स्तरमा पनि छ र स्वास्थ्यकर्मीहरूको पनि छ । क्या बताई पर्यो भने हामीसँग औषधिहरु पनि स्टकमा रहिरहेको छ । के मामारी आइहाल्यो भने हामी तुरुन्तै रेस्पोन्सको लागि तयारी अवस्थामा चाहिँ छौँ । हामीले सबै स्वास्थ्य संस्थाहरूमा औषधिहरू अगाडि नै लगेर आवश्यकताको आधारमा ठाउँअनुसार राख्ने गरेका छौँ । जसले गर्दा विपद परेको बेलामा सहयोग गर्छ । हामीसँग विपद् कोषमा पनि केही रकम रहेको छ । कुनै महामारी वा विपत आइलाग्यो भने पनि त्यो विपत कोषबाट हामीले खर्च गर्न सक्छौँ । वडा कार्यालयहरूमा पनि आपत परिहाल्यो भने तत्काल परिचालन हुनको लागि टिमहरू छ ।
० महिला तथा गर्भवती स्वास्थ्यका लागि कुनै विशेष कार्यक्रमहरु छन् ?
पालिकाभित्र जम्मा तीनवटा बर्थिङ सेन्टर रहेको छ । जसबाट हामीले नियमित सेवा प्रदान गर्दै आइरहेका छौँ । गर्भवती महिलाले लक्षित गरेर हामीले भिडियो सहित हरेक स्वास्थ्य चौकीमा हरेक महिनाको एक दिन पुग्नुहुन्छ । सुत्केरी भेटघाट कार्यक्रम पनि छ । आमा र बच्चा दुबैको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको हुन्छ ।
० दरवन्दीको अवस्था के छ ?
दरबन्दीको अवस्था राम्रै छ ।यद्यपि केही ठाउँमा नपुग्दो अवस्था पनि छ । करारमै भएपनि एक दुई जना अनमीहरू भर्ना गर्ने प्रक्रियामा छौँ । स्थायी दरबन्दीहरू रिक्त भएको ठाउँमा करारबाट पनि पदपूर्ति गरेका छौँ । पछिल्लो समय दरबन्दीकै समस्या चाहिँ छैन । हाम्रोमा कर्मचारी अभावकै कारण अहिले कामहरू अवरुद्ध भएको भन्ने अवस्था पनि छैन । हामी आवश्यकता परेको ठाउँमा स्थायी दरबन्दी नभए पनि करारबाट भएपनि हामी पदपूर्ति चाहिँ गर्छौ । आगामी दिनमा पनि हामी यसमा कमी हुँन दिने छैनौं । अहिलेसम्मको अवस्था राम्रै छ । आवश्यकतालाई मध्यनजर गरेर हामी यसमा थपघटका कामहरु गरिरहने छौँ । जम्मा विभिन्न फरक फरक संस्थामा गरेर ६ जना हामीलाई थप कर्मचारी आवश्यक छ । नयाँ तीनजना अनमीको लागि हामी तत्कालै विज्ञापन खुलाउने तयारीमा छौँ ।
० जिल्ला जनस्वास्थ्य स्वास्थ्य कार्यालयसँगको समन्वय र कार्यक्रमको अवस्था के छ ?
जिल्ला जनस्वास्थ्य कार्यालयसँग हाम्रो समन्वय र सहकार्य निकै राम्रो रहेको छ । हामीलाई अप्ठ्यारो परेको समयमा पनि उहाँहरूको तर्फबाट सहयोग हुँदै आएको छ । उहाँहरुको तर्फबाट माथिल्लो तहमा पु¥याउने कामको लागि पनि सकारात्मक भूमिका निर्वाह गर्दै आउनुभएको छ । अहिले हाम्रो उहाँहरूसँगको सम्बन्ध निकै राम्रो रहेको छ । जुन आगामी दिनमा पनि जारी नै रहनेछ । नयाँ कर्मचारीहरू आइरहँदा तालिमको पनि आवश्यक हुन्छ। त्यसको लागि हामीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर तालिमहरू सञ्चालन गराउँछौं र हाम्रा स्वास्थ्यकर्मीलाई दक्ष बनाउँछौ । आवश्यक पर्दा प्रदेशसँग पनि कोअर्डिनेसन गराउने कामहरू जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा भइरहेको हुन्छ । प्रदेशबाट आउनुपर्ने औषधिहरू समयमा आउने अथवा अन्य पहलकदममा पनि सहयोग भइरहेको हुन्छ ।
० पालिकाभित्रका स्वास्थ्यालयमा श्रोत साधनको अवस्था के छ ?
पहिलेको अवस्थामा सुधार आएको छ अहिले राम्रै छ । शतप्रतिशत भएको छैन । यद्यपि काम नै रोकिने खालको पनि छैन। सबै स्वास्थ्य संस्थामा भवनहरु राम्रै छ । पर्याप्त भने हुन बाँकी छ । संस्थामा औषधिहरूको अभाव पनि छैन । सुपर खरिद प्रक्रियालाई हामीले छिटो र चुस्तदुरुस्त बनाइराख्छौ । काम गर्दै जाँदा एक दुई दिन तल माथि भनेको त भइहाल्छ । सानातिना कमी कमजोरीहरू त छँदै नै छ । स्वास्थ्य लयभित्र स्रोतसाधनको कुरामा काम नै अवरुद्ध हुने गरेर सामग्रीहरू नभएको भन्ने चाहिँ छैन । यद्यपि भनेजस्तो सबै कुराहरूमा भरिपूर्ण भएको छैन कि भन्ने चाहिँ हामीले पनि महसुस गरेका छौँ । बजेटहरू अभावका कारण पनि भौतिक कुराहरू पूर्णरूपमा परिपक्क र भरिपूर्ण बनाउन चाहँदा चाहँदै पनि नहुने रहेछ । सेवा सुविधा नै अवरुद्ध हुने गरेर सामानहरू नभएको अथवा स्रोत साधन अपुग भएको भन्ने चाहिँ छैन । तर पनि भनेजस्तो सबै कुराहरू पु¥याउन चाहिँ सकिरहेका छैनौँ । बजेटहरू हुँदा पनि कतिपय अवस्थामा चाहिँ कुन कुरालाई प्राथमिकता दिने भन्ने हुँदोरहेछ । जस्तो विपदको समयमा हामीले स्वास्थ्यकै क्षेत्रमा मात्र काम गर्छौ भन्नेभन्दा पनि आवश्यकता केमा छ भन्ने कुरा हो । विपतको समयमा हामीले आउन जानको लागि सडकको समस्या भएको कारण त्यतैतिर बढी केन्द्रित भएर कामहरु गर्नुपर्यो । तर अति आवश्यक कुराहरूमा त स्वास्थ्यको क्षेत्रमा पनि हामीले छोडेका छैनौँ । हामीले आवश्यकताको आधारमै वर्गीकरण गरेर कामहरू गरिरहेका छौँ । नियमित कामहरू त भइ नै रह्यो तर नयाँ ठूला कार्यक्रम चाहिँ गर्न सकिएन भन्ने मात्र हो । श्रोत साधनको कमीको कारण नै कामहरु ठप्प भएको चाहीँ छैन ।
० पालिकाको एम्बुलेन्स कति छन ? अवस्था के छ ?
पालिकाबाट एउटा एम्बुलेन्स सञ्चालनमा छ । दुईवटा अरु संघसंस्थाद्वारा सञ्चालित छन् । यी तीन वटा एम्बुलेन्सहरू अहिले नियमित सञ्चालनमा रहेका छन् । अहिलेसम्मको लागि एम्बुलेन्स सेवा खासै खराब छैन । यसमा थप गर्नुपर्ने अवस्थामा हामी हेरफेर गर्छौं । सबै एम्बुलेन्सको अवस्था राम्रो नै छ । विपतजन्य घटनामा हामीले निःशुल्क एम्बुलेन्स सुविधाहरू पनि प्रदान गर्दै आएका छौँ ।
० आपतकालिन स्वास्थ्य सेवाका लागि तयारी अवस्था के छ ?
आरआरटी टिमले काम गरिरहेको हुन्छ । समस्या भइहाल्यो भने काम लाग्छ भनेर केही बफर स्टक मेडिसिनहरु छ । आवश्यक परेको खण्डमा हामीले विपद कोषबाट पनि रकमहरू चलाउन सक्छौ ।
० सरकारको स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था के छ ?
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यक्रम नै हो । हाम्रोमा त्यति धेरै मात्रामा हुन चाहिँ सकेको छैन । पालिकाले पुरै निःशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन चाहिँ सकिरहेको अवस्था छैन । यसलाई थप प्रभावकारी बनाउन के–के गर्न सकिन्छ भनेर चाहिँ हामीले विचार गरिरहेका छौँ । यसमा थप गृहकार्य गरेर काम गर्नुपर्नेछ । आगामी वर्षहरूमा हामी स्वास्थ्य बीमा कार्यक्रमलाई थप नयाँ रणनीति नै बनाएर कामहरू गर्ने तयारी गरिरहेका छौँ ।
० आगामी कार्ययोजना के–के बनाउनु भएको छ ?
यो वर्षको लागि खासै ठूला नयाँ कार्यक्रमहरू छैनन् हामीसँग । दाँत, आँखा, स्त्री रोग सम्बन्धी विभिन्न स्वास्थ्य समस्याहरु चाहिँ सबै वडामा पुग्ने गरेर अरु संस्थासँग समन्वय गरेर भएपनि शिविरका कार्यक्रम सञ्चालन गर्नेछौं । विशेषगरी यस्ता कार्यक्रममा हामीले स्वास्थ्य संस्थाबाट टाढा रहेका ठाउँ– समुदायलाई लक्षित । महिलाहरूसँग सम्बन्धित समस्या, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, कुपोषण, नसर्ने रोगहरूका सम्बन्धमा कार्यक्रमहरू गर्ने तयारी गरिरहेका छौँ । हामीले गरिरहेको कार्यक्रमहरूलाई अझ थप प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी तयारी गर्नेछौँ ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस