बनेपा नगरपालिका वडा नं ७ को आयोजनामा फोहरमैला व्यवस्थापन तथा वर्गीकरण सम्वन्धी तालिम सम्पन्न गरेको छ।बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको हो।
वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ चरणमा ३/३ दिन तालिम दिइएको हो ।
काठमाडौं विश्वविद्यालयमा वातावरण विषयमा नै विद्यावारिधी (पिएचडी) अध्ययनरत उज्जवल प्रधानले प्रशिक्षण दिएका थिए ।
समापनमा वडाअध्यक्ष हिटलर शाक्य लगायतले सहभागीलाई फोहोर संकलनको लागि डस्टिवन वितरण गरेका थिए ।
बनेपा नगरपालिका वडा नं ७ले ३ वर्ष देखी लगातार यस विषयमा बजेट विनियोजन गरी कार्यक्रम हरु निरन्तर गर्दै आएको छ।