हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन काभ्रेको ऐतिहासिक शहर बनेपामा हुने

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८२ फागुन ५, मंगलबार (३ हप्ता अघि)
  • २२७ पटक पढिएको

हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन काभ्रेको ऐतिहासिक  शहर  बनेपामा हुने

हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन काभ्रेको ऐतिहासिक शहर बनेपामा आयोजना हुने भएको छ ।

हलिं नेवाः गुथिको १७औं राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको बनेपामा हुने भएको हो। आयोजक हलिं नेवाः गुथि काभ्रे मिसा कचा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ९ फागुनमा बनेपामा सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

सम्मेलनमा देशभरका ८० भन्दा बढी शाखाबाट ८ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने काभ्रेपलाञ्चोक मिसा कचाका अध्यक्ष अल्का जोशीले जानकारी दिइन् ।

सम्मेलनका अवसरमा बनेपामा सांस्कृतिक पदयात्रासमेत आयोजना हुनेछ । सांस्कृतिक पदयात्रामा लाखे नाच, धिमे बाजा, लाखे प्याख, नेवारी बाँसुरी, नायश्वि बाजा पनि सहभागी गराइने आयोजकले जनाएको छ । गुथिका केन्द्रीय अध्यक्ष सुरेश सैंजूले हलिं नेवा गुथि संसारभर रहेका नेवा समुदायको साझा संस्था भएको र नेवा संस्कृतिको संरक्षण सम्वर्द्धनमा गुथिले काम गर्दै आइरहेको बताए । प्रत्येक वर्ष फागु पुर्णिमाको ८ दिनअघि सम्मेलन आयोजना गर्दै आएको सैंजूले जानकारी दिए । उनका अनुसार १७ वर्षअघि स्थापना भएको गुथिले देशका विभिन्न जिल्लाको बस्तीमा नेपाल भाषा लिपि, संस्कृति, रहनसहन, व्यवसाय, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै आइरहेको छ । गुथिको नेपाल र अन्य मुलुकमा गरी १ सय ४७ वटा शाखा छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस