मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८३ जेष्ठ ३०, शनिबार (१ महिना अघि)
  • १५२ पटक पढिएको

मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने

काठमाडौं/असार ८ गतेदेखि १६ गतेसम्म पशुपति क्षेत्र, काठमाडौंमा “मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३” आयोजना हुने भएको छ। उक्त महायज्ञको मुख्य आयोजक Lions Club of Kathmandu Paropakar तथा सह-आयोजक Paropakar Jeevandarshan Foundation रहेका छन्।
महायज्ञकी संकल्पकर्ता लायन्स क्लब अफ काठमाडौं परोपकारका संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डे रहनुभएको छ। उहाँ हाल लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारीमा रहनुभएको छ।
महायज्ञको मुख्य उद्देश्य मानव कल्याणका लागि सहयोग जुटाउनुका साथै समाजका असहाय, विपन्न तथा पीडित समुदायसम्म सहयोग पुर्‍याउने रहेको आयोजकले जनाएको छ। साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञमा प्रसिद्ध कथावाचिका देवी सुमी मानवद्वारा श्रीमद्भागवत कथा वाचन गरिने कार्यक्रम रहेको छ। धार्मिक, सामाजिक तथा मानवीय सेवाको भावनालाई अझ सशक्त बनाउने उद्देश्यले आयोजना हुन लागेको यस महायज्ञमा श्रद्धालु भक्तजन तथा समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
“परोपकारको महाअभियान, मानव कल्याणका लागि हाम्रो सामूहिक योगदान” भन्ने मूल नाराका साथ सञ्चालन हुने महायज्ञले धार्मिक जागरणसँगै सामाजिक सेवाका विविध क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस