
बनेपा/ज्ञानज्योति इङ्लिस सेकेण्डरी स्कुल, बनेपामा आज विशेष बाल पूजा कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि यूकेजीसम्मका करिब १०० जना बालबालिकालाई पूजा तथा सम्मान गरिएको हो।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा करिब ७० जना शिक्षक तथा अभिभावकहरूले बालबालिकालाई विधिपूर्वक पूजा गरी सम्मान गरेका थिए। बालबालिकाको सम्मान, संस्कार र नेपाली मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बालबालिकालाई टीका, माला तथा प्रसाद प्रदान गर्दै उनीहरूको सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरिएको थियो। साना बालबालिकालाई भगवान्सरह सम्मान गर्दै पूजा गर्ने यस कार्यक्रमले विद्यालयमा हर्षोल्लासपूर्ण वातावरण सिर्जना गरेको थियो।
यस्ता मौलिक सांस्कृतिक तथा धार्मिक गतिविधिले बालबालिकामा संस्कार, आपसी सम्मान तथा नेपाली संस्कृति र परम्प्रतिप्रति सकारात्मक भावना विकास गर्न सहयोग पुग्ने विद्यालय परिवारले जनाएको छ।