सायद वर्षा कसैलाई प्यारो नलाग्न सवछ। कतिपय वर्षा यस्ता हुन्छन जुन विपदको रुपमा उर्लिन्छन I अधिक वर्षाले विपदलाई निम्त्याउछँ । बाढी, पहिरो यसका उदाहरण हुन। जब यस्ता विपद आउछन तब हामी भन्छौ प्रकृतिले हामीलाई लुटिरहेछ, नाङ्गो बनाइरहेछ । वास्तवमा भन्ने हो भने प्रकृतिले होइन प्रकृतिलाई आघात पुर्याउने मानिसहरु र तिनका क्रियाकलापहरुले प्रकृति जोखिममा परेको छ त्यस्को नतिजा हामी प्रतक्ष्य तातावरणमा देख्न सक्छौ । तसर्थ वर्षा घातक होइन आकाशलाई अधिक मात्रामा रुवाउने हामी र हाम्रा गतिविधि घातक हुन् । आकाश हाम्रो भावना दुख्ख, पिडा, खुशी व्यक्त गर्ने माध्यम वर्षा हो जुन विविध तरिकाले आउने गर्दछ।
आकाशलाई पनि त मन होला, आफ्ना विचार भावना, वेदना, बोलेर सुनाउ, विडम्बना उसले आपनो भावना वर्षाको माध्यमबाट पोख्ने गर्दछ। वर्षालाई म दुई तरिकाले लिने गर्दछु I एउटा आर्थिक वर्षा अर्को नरम वर्षा। आधिक वर्षा विपदको रूपमा, सिर्जित हुने वर्षा जस्को मुख्य कारण हरित गृह प्रभाव पार्ने ग्यासहरु, औधोगिकरण, जलवायु परिवर्तन, अमानविय क्रियाकलापहरू आदि पर्दछन् जस्ले अकल्पनिय मानविय तथा भौतिक क्षति पुर्याउदछ। अर्को नरम वर्षा जुन ऋतु परिवर्तन हुदा, वर्षा याममा आउने झरी, बालीनाली लगाउने बेला आउने वर्षा, बेलाबखत रिमझिम पर्ने वर्षाहरु जुन वर्षाले बाह्य वातवरण, क्रियाकलापमा प्रतिकुल असर पारेको हुन्न र यसलाई स्वभाविक वर्षकोरुपमा लिन सकिन्छा
नरम वर्षालाई मैले मानव अनुभवसंग जोड्न खोजेको छु। म फेरि भन्छु वर्षा हर कोहीलाई मन नपर्न सक्छ तर यहाँ चर्चा त्यस्तो बर्षाको हुदैछ जुन वर्षाको सम्बन्ध हर जो कोहिले पनि आफ्ना भावना अन्तस्करण अनुभवसँग साटासाट गर्ने गरेका छन् I वर्षा प्रकृतिको आश्चर्यजनक उपहार हो जस्ले धर्तीलाई मात्र होइन मानिसको मनलाई पनि भिजाउदछ I यो पानिको थोपा मात्र होइन अनुभूति, यादहरुको वर्षात हो। कहिले यो मिठो सम्झना जगाउने माध्यम बन्छ त कहिले गहिरो साम्बन्धको याद, वेदना, विछोड, खुशी, माया, अनुभूति, शान्ती समेटिएको हुन्छ । कुनै मायाको प्रारम्भ, कुनै एक्लो मनको समबेदना, कुनै शान्त आनन्दमयी प्राकृतिक प्रत्याभूति, कुनै आकाश जस्तै अजम्बरी आशा,सपना फिजिएका,कुनै मिठा मिठा यादगार पल जे जस्तोसुकै भएपनी हाम्रो भावना अनुभूतिहरुलाई उजागर गर्ने कार्य गर्दछ। सम्यम र सन्तुलित वर्षसंग नभिज्ने नरमाउने मन विरलै होला। म त झन् भावुक अनि वर्षाको धनिष्ठ अन्तरमित्र हु I मलाई वर्षाहुदा आउने पानिको आवाज, शान्त सम्यम वातावरण, मिठो सम्झनासहित प्रकृतिको मनोरम दृश्यमा रम्न पाउदा मनै प्रफुल्लित भएर आउदछ नौलोपन र आयम थपिन्छ ।
वर्षा बोल्दैन तरपनि पानिका तपतप आवाजबाट संगित गुन्जाह त्यसबाट भावनाका लहरहरु गुन्जन्छन् । प्रिय वर्षा तिमी कति महान छो, सहनशिल छौ, कती धैर्यवान I मानिसहरूले आफ्नो सबै दुख पिंडा, खुसी हासो सबै वर्षासंग साटने गर्दछन। वर्षा यस्तो मिठा तरंग पैदा गरिदिन्छ लाग्छ वर्षाले मेरो सबै पिडाहरुलाई भूलाइदिएको छ, मेरो खुसिमा खुसि भई हाशीदिएको छ, बालबालिकाको लागि खेल्ने साथी भाएको छ सगै नाँचिदिएको छ भने बुढेशकालका व्यक्तिका लागि यादगार क्षण साटने पल बनेको छ। जे जस्तो भएपनि मेरो लागि वर्षा तिमी म संगै भावनामा डुबिरहेको छौ । प्रिय वर्षा तिमी बोल्दैनौ त यती प्रिय छौ जब तिमी आवाज निकाली बोल्छौ त कती प्रिय हुन्छौ होला। तिम्रा अलौकिक प्राकृतिक उपहार सदासर्वदा अनुकरणीय हुनेछ म रुदा संगै रुने, संगै हास्ने तिमी मलाई तिम्रो वेदना बुझ्न मन लागेको छ। तिमी बोन्न सक्दैनौ तापनि तिम्रा भावनाहरुलाई नजिकबाट नियान्न खोजेको छु। तिम्रा दुख, पिडा हासो, खुसि अनुभवपनि मलाई सुन्न मन छ I प्रिय साथी वर्षा तिमीले जसरी मलाइ आफ्ना पानिका थोपाथोपासंग मनस्पर्शी भाव जताएको छौ । जसरी तिमीले हाम्रो मनोवल र मानसिक शान्ति उजागर गरेको छौ तिमी साच्चै उत्कृष्ठ छौ। तिमी खेतिका लागि महत्वपूर्ण अमृत हौ , पानीको भण्डारण बढाउने स्रोत हौ, प्राकृतिक सन्तुलन बनाईराख्ने जंगल वनस्पति सम्पुर्ण प्राणणि जिवनदाता हौ । पारीस्थितिक तंत्रको वृद्धि गर्ने, जिवनशक्ति हौ I महत्वपुर्ण कुरा तिर्मा वातावरणीय सन्देश हौ, परिवर्तन र नविकरणको प्रतिक जसले जीवनमा नया अवसर र चुनौतिहरू ल्याउदछ I
तसर्थ वर्षा मानव संवेदनसंग जोडिएको अलौकिक शति हो। वर्षा बोलन सक्दैन त के भयो उसको साथीत्व उसले हामीलाई दिने आनन्दीमय संसारबाट पनि त हामि बुझ्न सक्छों वर्ण एक सन्देश हो आशाको संकेत हो। वर्षामा धैर्यता छ जुन धैर्यताको पाठ हामी वर्षा बाट सिक्न सक्छौं। आफू विलिन भएर संसारलाई बचाउदछ । अन्ततः स्वभाविक वर्षा हुन दिनु हामिले आकाश पर्यावरणलाई गर्ने ठुलो धर्म हो प्राकृतिक चक्रमा जब आघात पुग्दछ तब कडा वर्षाले घातक रुप लिने गर्दछ वर्षको मौनता बुझनु आवश्यक छ। उसले बोलेर अभिव्यत गर्न नसकेका भावहरु मानव अन्तस्करणले बुझ्न सक्ने भए सायद वर्षा भेल वनि आउने थिएन होला । प्रिय वर्षा तिमिले पनि बोल्न सवने भए यो जकडिएको मानविय कुकर्म कलीयुगको विकराल परिस्थतिलाई तिमीले पनि असन्तुष्टिका शब्दहरू प्रहार गर्थौ होला
खै! वर्षाको र मेरो के नाता छ कुन्नि
जब वर्षा हुन्छ तब मनमा छुट्टै आनन्द छाउछ
उसका भावना, वेदना अफसोच मैले सुन्न सक्ने भए
“यदि वर्षाले पनि बोल्न सक्ने भए”
होला बोलेरै भएपनि आफ्ना दुःख पिडा सबै यो धर्तिलाई सुनाउथ्यौं
होला केही हदसम्म तिमि चिच्याएर वेढ़ना पोख्दा तिमीलाई पनि आनन्द होला
“ प्रिय वर्षा यदि तिमी पनि बोल्न सक्ने भए”।