सन्दर्भः विश्व रेडक्रस दिवस (मे ८)

  • काभ्रे खबर
  • / लेख /
  • २०८३ बैशाख २५, शुक्रबार (१ महिना अघि)
  • २८५ पटक पढिएको

सन्दर्भः विश्व रेडक्रस दिवस (मे ८)

विश्व प्रसिद्ध कर्मयोगी नेपाल रेडक्रस अभियानको संस्थापक जाँ हेनरी ड्युनाले इटलीको सल्फेरिनामा सन् १८५९ मा इटली, फ्रान्स र अस्ट्रेलियामा भएको युद्घमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दुश्य देखेपछि ड्युनाको मनमा मानवताको पुकार गुञ्जन थाल्यो र उनले सन् १८६२ मा फ्रान्सेली भाषामा सल्फेरिनाको स्मृति नामक पुस्तक प्रकाशन गरी सबै देशमा एक स्वयंसेवी उद्घार संस्थाको आवश्यकता रहेको र त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा मान्यता प्रदान गरिनुपर्ने जस्ता दुरदृष्टी परिकल्पनाका प्रस्ताव विश्वसामु प्रस्तुत गरे जसले विश्वमा ठुलो चर्चा पायो र वास्तविकताको बाटो समेत देखाए । ड्युनाले सन् १८६३ मा आफ्ना चार सहयोगीहरुसँग मिलेर घाईतेहरुको उद्घारका निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट स्थापना भएको र रेडक्रसले सन् १८७५ मा आएर रेडक्रसको अन्तर्राष्ट्रिय समिति आई सि.आर सि. (ICRC) को नामबाट आजसम्म पनि विश्वभरी क्रियाशील रहेको छ ।
विश्व रेडक्रस अभियानका अंगहरुमा रेडिक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ जेनेभा महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरुमा रेडक्रस स्थापना गर्न त्यस देशको सरकारले जेनेभा महासन्धीमा हस्ताक्षर गर्न अनिवार्य छ र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएकालाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघलाई संयुक्त राष्ट्रिय संघको महासभामा परिप्रेक्ष्यको हैसियत प्रदान गराई अन्तर्राष्ट्रिय रेडक्रस आयोजनाका सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता निर्देशित हुन्छन् । यसरी स्थापित रेडक्रस आजसम्म आइपुग्दा बदलिँदो विश्व परिवेश र घट्दो सामाजिक अन्तरसम्बन्ध र बढ्दो व्यक्तिवादी प्रकृतिले जटिल बन्दै गएको करिब ६३औं वर्षको इतिहासमा केन्द्रीय नेतृत्व नेपाल सरकारको मनोनयनमा सञ्चालित यस घडीमा मानवीय व्यवहार र सहयोगको सन्दर्भमा रेडक्रस अभियानको महत्व अझै बढेर गएको यस अवस्थामा अभियानलाई संस्थागत साथै सांगठनिक ढंगले सक्षम सुदृढ एवं व्यापक बनाउँदै लैजाने र पारित विधानलाई अक्षरसः पालना गर्नु आजको आवश्यकता हो । मानवीय सेवा र उद्धार कार्यलाई प्रभावकारी बनाउन यसले थुप्रै चुनौती एवं अप्ठेरोको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । रेडक्रस अभियानलाई राष्ट्रिय, प्रदेश, जिल्ला, पालिका र अन्तर्राष्ट्रिय तहमा परिस्कृत एवं परिमार्जन गर्दै सिर्जनात्मक र रचनात्मक ढंगले प्रयास अपेक्षित भएको छ । साथै कुनै पनि राजनितिक विचार र वादको प्रभावबाट युक्त गरी एक मात्र मानविय सेवा रेडक्रस विधान तथा कानूनमार्फत् सामजिक विकास रेडक्रसको महत्व र विश्वास जित्ने तथा बढेर जाने कुरामा दुई मत नहोला ।
रेडक्रसको सेवा सबै मानव समुदायका लागि अति आवश्यक भएकोले यस ढंगले सबै क्षेत्रबाट सहयोग सद्भाव आर्जन गर्न सक्नुपर्छ । साथै संस्थागत एवं आर्थिक रुपले पनि पारदर्शी र सक्षम हुनु आवश्यक छ । स्रोत र साधनको अभावमा महत्वपूर्ण मानवीय सेवा, राहत उद्घार प्रभावकारी र सहन हुन नसक्ने तथ्यलाई पनि राम्ररी बुझ्न जरुरी छ । रेडक्रस अभियानलाई सामुहिक सहभागिता र रुचिका आधारमा दिगो व्यवस्थापनको माध्यमबाट अगाडी बढाउन सकिएमा मात्र यस अभियानबाट विश्व मानव समुदाय लाभान्वित हुनुका साथै यसको लक्षित उद्देश्यले व्यवहारिक रुप लिन सक्छ ।
रेडक्रस अभियानको महत्व दिन प्रतिदिन बढ्दै र अपरिहार्य बन्दै गएको छ यस परिप्रेक्ष्यमा विद्यमान सामाजिक आर्थिक दलीय चुनौतीहरुलाई सामना गर्दै निकट भविष्यमा आइपर्ने सम्भावित मानवीय प्राकृतिक एवं दैविक विपति र समस्याबाट मानव समुदायमा नकरात्मक प्रभाव पर्न सक्छ । प्रति दुःख र जोखिमलाई न्यूनिकरण गर्ने मानवीय सहयोग र उद्घार कार्यलाई व्यवस्थित र समयानूकुल बनाउन रेडक्रस सोसाइटीलाई पूर्णता प्रदान गराई सुदृढ बनाउनु एक मात्र विकल्प देखिएको छ ।
“संस्था संचालन प्रक्रियामा जवाफदेहिता र पारदर्शीता भएन भने नेतृत्वमा र संस्थाप्रति नै प्रश्न उठ्छ र संस्थाप्रतिको विश्वास जोगाई राख्न मुस्किल हुन्छ ।”
हाल विश्वका १९२ भन्दा वढी देशमा राष्ट्रिय रेडक्रस सोसाईटीहरुको स्थापना गरिएको छ । स्थापित केही निकाय सक्षम भरपर्दाे र सांगठनिक रुपले सुदृढ छन् भने केहीको अवस्था अझै कमजोर छ । स्वंयसेवकहरुको उत्साह र साहसका भरमा मात्र अस्तित्व मापन गरी रेडक्रस अभियानलाई मानव जीवनको अभिन्न अंग बनाउन रेडक्रसका प्रत्येक अंगहरुलाई सक्षम क्रियाशील र भरपर्दो तुल्याउन रेडक्रस सोसाइटीलाई नै थप कसी लगाई रेडक्रस अभियानलाई जनतामाझमा पु¥याउने र जनतालाई स्वतः स्फूर्त रुपमा यस अभियानमा सरिक गराउने कार्यमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गरी रेडक्रस अभियानको उद्देश्य परिमार्जित विधानको मर्म र आवश्यकता अनि महत्वलाई विभिन्न माध्यम विचार र दृष्टिकोणबाट जनस्तरमा पु¥याउन जनता र सरकारबिच पुलको काम गर्ने दिशामा राष्ट्रिय रेडक्रस सोसाइटीले थप दायित्व र जिम्मेवारी लिई बहन र क्रियाशील हुनुपर्ने खाँचो अनुभव गरिएको छ ।
रेडक्रस अभियान मानवीय सुरक्षा सहयोग र सदभाव अभिवृद्घि गर्ने सामाजिक अभियान भएकोले यसको प्रयोग मानव कल्याण शान्ति र सद्भाव उद्देश्य पूर्ति गर्ने र भावि पुस्तालाई सामाजिकीकरण गर्दै मानवीय व्यवहार र संवेदना पुनस्थापित एवं पुनः गतिशील बनाउन सबै क्षेत्रको प्रतिवद्घता र सहयोग अपेक्षित हुन्छ । विश्वमा रेडक्रसका गतिविधि यसको उद्देश्य अनि ति उद्देश्यहरुको कार्यान्वयको कार्यशैलीबाट तयार भएको जनशक्तिले संकट घटाउन योगदान पुगेको छ । तसर्थ, रेडक्रसका गतिविधि सञ्चालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यसको छवि उच्च राख्नु आवश्यक छ ।
राष्ट्रिय रेडक्रसका रुपमा नेपाल रेडक्रसको केही वर्षदेखि छवि जोगाउनु प्रमुख चुनौतीका बिचमा पारित विधान र यसको कार्यान्वयनमा सतर्कताका साथ महत्वाकांक्षी नबनाई गैर सरकारी संस्थासँग तुलना गरी एकै हैसियत बनाइएको संस्थाको अब्बल पहिचानका लागि कार्यरत स्वयंसेवकहरुले जवाफदेहिता र पारदर्शिता संस्थाप्रति आम जनता, राज्य, समुदाय र दातृ संस्थाले विश्वास गर्ने आधार सहितको गतिशीलताका लागि यसै दिवसबाट प्रेरणा मिलोस् ।
जय रेडक्रस !!!

बेथाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस