धुलिखेल /केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श धुलिखेलबाट शुरु गरिएको छ ।
राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित संग्रहित पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ ।
नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजको दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको उक्त पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको छ ।
पाणिनि बुक्सद्वारा धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गर्नु भएको छ । टिप्पणी पछि लेखक राधिका शाक्यले अनुभूति प्रस्तुत गर्नु भयो ।
नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन दिएको छ ।
राधिका शाक्यको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी ओलीको जस्तो त्याग, बलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार करुणा रहेको टिप्पणीकारहरूले टिप्पणी गरेका छन् । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले कवितामार्फत करुणाको व्याख्या गर्नु भएको थियो ।