गजल

  • काभ्रे खबर
  • / साहित्य /
  • २०८२ आश्विन १२, आईतबार (३ महिना अघि)
  • ४४२ पटक पढिएको

गजल

देश बनाउँछु भनी तिमिले आफ्नै घर पो बनायौ रे ।
परिवर्तनको कुरा गरी उहि संस्कार समायौ रे ,

गरिब जनता को मेहनत र पसिनाले,
पुस्तौं सम्म पुग्ने गरी सम्पती पो कमायौ रे।

देश लुट्ने भ्रष्ट्र सँग मिलेमतो थाल्यौ सुन्छु,
भ्रष्ट्राचारी घुसखोरीको बिडो मात्र थमायौ रे ।

समानताको कुराहरू जनता छल्ने खेल पो रै’छ,
उत्पिडितको भाग्य फूट्दा उत्सव नै पो मनायौ रे ।

सिमानालाई मिच्दै आए साँघुरिदै जाँदा देश,
देशको माटो रोईरहे पनि हेर्दै हेर्दै रमायौ रै।

प्रेमराज तामाङ
तेमाल गाउँपालिका-०७

ताजा अपडेट

खोजी गर्नुहोस