काठमाडौं विश्वविद्यालयले ल्यायो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली, प्रधानमन्त्रीद्वारा शुभारम्भ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (१ साल अघि)
  • ११०८ पटक पढिएको

काठमाडौं विश्वविद्यालयले ल्यायो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली, प्रधानमन्त्रीद्वारा शुभारम्भ

धुलिखेल, भदौ १४ : काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको सुरुआत गरेको छ।

सो प्रणालीको शुक्रबार विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन्। विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस