पाँचथरमा बम विस्फोट घटनाबारे सदनलाई जानकारी गराउन एमालेको माग

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २४, सोमबार (३ महिना अघि)
  • १२० पटक पढिएको

पाँचथरमा बम विस्फोट घटनाबारे सदनलाई जानकारी गराउन एमालेको माग

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोटको घटनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद बर्तौलाले गृहमन्त्री रमेश लेखकले सदनमा आएर घटनाबारे जानकारी गराउनुपर्ने बताए।

‘केही समयअघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ,’ उनले भने, ‘यतिका दिनसम्म यस घटनाको दोषी को हो रु यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ।’

सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिन्छ भनी प्रश्न गरे।

सांसद बर्तौलाले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने? भन्दै प्रश्न गरे।

पाँचथरको फालेलुङ गाउँपालिका–५ मा गत बिहीबार सकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस