प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (१ साल अघि)
  • ६२० पटक पढिएको

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ।

त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन्।

गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए।

ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस