नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री डा.राणाको बधाई

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ८, मंगलबार (१ साल अघि)
  • २८९ पटक पढिएको

नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री डा.राणाको बधाई

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको नवनियुक्त विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन्।

मन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत संयुक्त राज्य अमेरिकाको ७२औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेकी हुन्।

बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको राणाले एक्समा उल्लेख गरेकी छिन्।

रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन्। रुबियोको नियुक्तिको प्रस्तावलाई अमेरिकी सिनेटले ९९ मतले अनुमोदन गरेको हो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस