अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन ५, सोमबार (४ महिना अघि)
  • २०९ पटक पढिएको

अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

काठमाडौं । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ।

सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो।

अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराएको छ।

साथै, मेयर आचार्यलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस