आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक छैन : ज्ञानेन्द्र शाही

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १, शुक्रबार (१ साल अघि)
  • ६०५ पटक पढिएको

आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक छैन : ज्ञानेन्द्र शाही

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन्।

बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै भने व्यवस्थाले देश बर्बाद भएको भन्ने विषय सबैले बुझेको बताउँदै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताए।

‘तपाईंहरूसँग दुई तिहाई छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरूलाई हामी समर्थन गर्छौं । अनि चुनाव लडेर आऔं, जितौं,’ उनले भने, ‘आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन।’

कार्यक्रममा ११ सय जनाले नेकपा माओवादी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस