काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु शून्य

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १, बिहिबार (६ महिना अघि)
  • ३५१ पटक पढिएको

काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु शून्य

बार्दली /आर्थिक वर्ष २०८०/०८१को लेखा परीक्षणमा काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । बुधवार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको हो । प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आर्थिक बर्ष ०८०/०८१ मा एक अर्ब २७ करोड ९४ लाख ५५ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शुन्य भएको हो । प्रतिवेदन अनुसार महाभारत गाउँपालिका पछि मन्डनदेउपुर नगरपालिका कम बेरुजुमा परेको छ भने धुलिखेल नगरपालिका तेस्रो स्थानमा रहेको छ । मण्डनदेउपुर नगरपालिकाको बेरुजु प्रतिशत ० दशलव ०९ प्रतिशतरहेको छ । आर्थिक बर्ष ०८०÷०८१ मा एक अर्ब ७८ करोड ५ लाख १८ हजारको लेखापरीक्षण गरेकोमा १६ लाख ६९ हजार बेरुजु रहेको छ ।
धुलिखेल नगरपालिकाको ० दशमलव २५ प्रतिशत अर्थात ४४ लाख ३२ हजार बेरुजु, पनौती नगरपालिकाको ० दशमलव ३९ प्रतिशत अर्थात एक करोड ४ लाख ९९ हजार, भुम्लु गाउँपालिकाको ० दशमलव ८६ प्रतिशत अर्थात एक करोड २२ लाख ७ हजार, चौरी देउराली गाउँपालिकाको १ प्रतिशत अर्थात एक करोड ३५ लाख ७४ हजार, तेमाल गाउँपालिकाको १ दशमलव १२ प्रतिशत अर्थात एक करोड ४१ लाख ३१ हजार बेरुजु रहेको छ ।
प्रतिवेदन अनुसार पाँचखाल नगरपालिकाको १ दशमलव ३५ प्रतिशत अर्थात २ करोड ३५ लाख ७७हजार, बेथानचोक गाउँपालिका १ दशमलव ७५ प्रतिशत अर्थात २ करोड ४६ लाख १० हजार, रोशी गाउँपालिकाको २ दशमलव २० प्रतिशत अर्थात ३ करोड ८१ लाख ४ हजार, बनेपा नगरपालिकाको २ दशमलव २२ प्रतिशत अर्थात ५ करोड ९४ लाख ६३ हजार र नमोबुद्ध नगरपालिकाको २ दशमलव ६० प्रतिशत अर्थात ४ करोड ४९ लाख १८ हजार बेरुजु देखाएको छ । प्रतिशतको आधारमा जिल्लामा सबैभन्दा बढी बेरुजु खानी खोला गाउँपालिकाको रहेको छ । उक्त गाउँपालिकाको एक अर्ब २ करोड ७६ लाख ३६ हजारको लेखा परीक्षण गरेकोमा चार करोड ६१ लाख ५० हजार बेरुजु भएको छ । महालेखापरीक्षको प्रतिवेदनअनुसार ४ दशमलव ४९ प्रतिशत बेरुजु भएको हो ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस