सरकारले शिक्षालाई प्राथमिकताका राखेकाे छ: उपप्रधानमन्त्री सिंह

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १७, शनिबार (१ महिना अघि)
  • २४७ पटक पढिएको

सरकारले शिक्षालाई प्राथमिकताका राखेकाे छ: उपप्रधानमन्त्री सिंह

काभ्रे : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शिक्षालाई प्राथमिकताका राखेकाे बताउनुभएकाे छ । डेडीथुम्का माध्यमिक विद्यालयकाे ४६ओैं वार्षिकाेत्सवका अवसरमा उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ काे बजेटमा सरकारले शिक्षालाई प्राथमिकतामा राखेकाे बताउनुभएकाे हाे । उहाँले सम्पूर्ण विकासका लागि शिक्षाकाे महत्वपूर्ण भूमिका रहेकाे भन्दै शैक्षिक विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैकाे सकारात्मक भूमिका आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले विद्यालयमा पाठ्यक्रमसँगै विद्यार्थीकाे समग्र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने बताउनुभयाे ।
`सरकारले बजेटमा शिक्षालाई प्राथमिकतामा राखेकाे छ । विद्यार्थीले सफलता प्राप्त गर्न मेहनत गरेर पढ्नुपर्छ,´ उहाँले भन्नुभयाे,`
जसले संघर्ष गरेर शिक्षा लिन्छ उहीँ सफल हुन्छ ।
विद्यालयकाे वातावरण राम्राे बनाउन विद्यार्थी,शिक्षकसँगै अभिभावकहरूकाे भूमिका महत्त्वपूर्ण हुन्छ ।´

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस