पताञ्जली काभ्रेको जग्गाको भविष्य के होला ?

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ महिना अघि)
  • १८२ पटक पढिएको

पताञ्जली काभ्रेको जग्गाको भविष्य के होला ?

बनेपा/पताञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएपछि काभ्रे जिल्ला पुन चर्चामा आएको छ । पताञ्जलीले जग्गा सट्टापट्टा भएको ठाउँ अरनिको राजमार्ग अन्तर्गत २२ किलो भन्ने ठाउँमा पर्दछ ।
पताञ्जलीले साविक काभ्रेको नासिकास्थान साँगा र महेन्द्रज्योति गाविस हाल बनेपा नगरपालिका १४ तथा चलाल गणेश स्थान हाल बेथानचोक गाउँपालिकामा ५९३ रोपनी ५ आना १ दाम १ पैसा जग्गा खरिद गरेको थियो। कम्पनीले साँगाको जग्गा बेचेर धुलिखेल ३ मा ८८ रोपनी १ पैसा १ दाम किनेको छ, त्यही जग्गामा मात्रै पतञ्जलि केन्द्र सञ्चालनमा छ । सो जग्गामा पतञ्जलि आयुर्वेदिक मेडिकल कलेज एण्ड रिसर्च सेंटरको नाममा पतञ्जलि केन्द्र संचालन छ ।त्यस स्थानमा सोभन्दा बढी जग्गा खरिद गर्न नपाएको भन्दै संस्थाको मूल उद्देश्य अनुरूप सञ्चालन गर्नको लागि जग्गा बिक्री, सट्टापट्टा र ठाउँसारी गर्न अनुमति दिनुहुन भनी पतञ्जलिका संचालक शालिग्राम सिंहले भूमिसुधारमन्त्री समक्ष मिति १७ फागुन २०६६ मा निवेदन दिएको खुलेको छ ।
पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालिन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।कानुनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानुनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस