बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा

एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशन स्थगित
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ९, सोमबार (२ हप्ता अघि)
  • २०३ पटक पढिएको

बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा

पनौती ÷ एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ ।

उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित गणपुरक संख्या नपुगेको’ भन्दै बुधवार ११ बजेसम्मको लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए । विहान ११ बजे बोलाइएको बैठक ४ बजे सकिने कार्यतालिका थियो, तर ४ बजेपछि स्थगित भएको घोषणा गरिएको थियो ।

नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधीहरु अनुपस्थित भएका कारण १७ औं अधिवेशनको बैठक बस्न नसकिएको बताए । उनले कार्यपालिकामार्फत विधी र प्रकृया सबै पुरा गरिसकिएपनि अन्तिम समयमा अनुपस्थित भएकोले बैठक स्थगित गर्न बाध्य भएको बताए । विपदपछिको पुनर्निर्माण, पुनर्वास, खानेपानी लगायतका बिषयमा संम्बोधन गरेर बजेट ल्याउन लागेपनि रोकिएको बताए ।

उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमति भन्दा विपरित ४ करोड भन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् ।

नगरपालिका श्रोतका अनुसार, नगरपालिकामा बचेको ३६ करोड श्रोत मध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति थियो । बाँकी रहेको २४ करोड मध्ये विपद, पुनर्वास, खानेपानी, बसपार्क लगायतका नगर गौरबका केही योेजनामा ५ करोड विनियोजन गरेर बाँकी साढे ९ करोड प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो । तर पछि नगर गौरबका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।

६२ सदस्यीय नगर सभा नगर प्रमुख, ४ वडाअध्यक्षसहित २१ जना नेपाली कांग्रेसबाट, १ वडाअध्यक्ष एकिकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित भएका छन् ।

बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक बर्ष ‘बखेडा’ गर्दै आएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस