नाला बजारको पुल भाचिएपछी काभ्रेबाट भक्तपुर भित्रने वैकल्पिक मार्ग बन्द

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २१, शनिबार (१ हप्ता अघि)
  • १९५ पटक पढिएको

नाला बजारको पुल भाचिएपछी काभ्रेबाट भक्तपुर भित्रने वैकल्पिक मार्ग बन्द

काभ्रे । बनेपा हुँदै भक्तपुरसम्म जाने बैकल्पिक मार्ग भक्तपुर–नाला सडकखण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएको छ ।
पुल भाँचिएसँगै यो सडक यतिबेला पूर्णरुपमा अवरुद्ध भएकाे छ । यसअघि नै जीर्ण रहेको यो पुल गए रातिको अविरल वर्षासँगै भाँचिएको प्रहरीले जनाएको छ ।

काठमाडौं, भक्तपुर हुँदै राजधानी बाहिर जाने हलुका सवारी साधनहरुले यो सडक प्रयोग गर्ने गरेका थिए । तर अरनिकाे राजमार्गकाे सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माण कार्य भइरहेकाले यो सडकमा पछिल्ला केही महिनायता ठूला सवारी साधनहरु पनि गुड्ने गरेपछि जीर्ण रहेको पुल भाँचिएको हाे ।

शुक्रबार पनि अरनिकाे राजमार्गकाे साँगामा पहिराे गएसँगै नाला सडकमा सवारीकाे अत्याधिक चाप थियाे । अस्थायीरुपमा कल्भर्ट निर्माण गरेर सडक सूचारु गर्ने प्रयास भए पनि याे भरपर्दाे भने देखिएकाे छैन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस