
जेनजीको आन्दोलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ ।
जेनजीले घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा राजावादी, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नेताहरूको घुसपैठ रहेको खुल्न आएको हो । घुसपैठ रहेका यिनै दलका नेताहरुले नै कांग्रेस, एमाले नेताहरुको घर जलाएको खुलेको छ । जेनजीनको आन्दोलनमा घुसपिैठ गरी कांग्रेस र एमाले नेताहरूको घर र सम्पत्ति जलाउन जुटेका राष्ट्रिय स्वन्त्र पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।
काभ्रेपलाञ्चोकका विद्यालय, सरकारी संरचना र नीजि सम्पत्तिमा आगजनी र तोडफोडका क्रममा रास्वपा नगर पनौतीका सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिनाले नेतृत्व गरेको खुलेको छ। तिमल्सिना रास्वपा पनौती नगर कमिटीका सदस्य हुन् । रास्वपाले शिक्षकलाई राजनीतिक गर्न निषेध गरे पनि उनै भट्टराई तोडफोड र हिंसामा उत्रेको भिडियो र फोटो अहिले भाइरल भइरहेको छ ।
काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयका भट्टराई ल्याब टेक्निसियन पदमा कार्यरत छन् । ल्याब टेक्निसियनका रुपमा कार्यरत रहे पनि विद्यालयले उनी स्थायी शिक्षकका रुपमा कार्यरत रहेको जवाफ दिएको छ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्समा यस्तै शिक्षकहरू दर्जनौँ छन् । शिक्षक नियुक्त हुँदा राजनीति गर्न नपाउने आचार संहिताविरीत भट्टराई रास्वपा नगर सभापति बनेका थिए । भट्टराईले अरु शिक्षकलाई राजनीतिक गर्न नहुने बताइरहँदा जेनजीको आन्दोलनमा घुसपैठ गरेर नेताहरूको घर जलाउन हिँडेको फोटो र भिडियोहरु मार्फत स्पष्ट देखिन्छ।
भट्टराई पनौतीमा भएको हिंसात्मक आन्दोलनमा आगोको पुल्ठो बोकेर नेताहरूका घर र संरचना जलाउँदै हिँडेको भिडियो बाहिरिएको छ । उनले नेतृत्वको गरेको भिडले विध्वंश मच्चाउँदै हिँडेको भिडियो अहिले भाइरल भएको छ।पूर्वसांसद हुमागाईंको पनौतीस्थित घरमा रहेको गाडीमा रास्वपाका नगर सभापति भट्टराईले नै आगो लगाएको भिडियोमा देखिन्छ । पनौती क्षेत्रको आन्दोलनको नेतृत्व उनै भट्टराईले सम्हालेका थिए ।पनौती बसपार्कमा जम्मा भएको भिडले हुमागाईंको घर तोडफोड तथा गाडीमा आगजनी गरेपछि पनौती नगरपालिका तोडफोड गरेको थियो । त्यसपछि त्यो टोली पनौती नगर उपप्रमुख गीता बञ्जाराको घर, रामेश्वर थापाको घर, पनौती नगरका पूर्वप्रमुख भीम न्यौपानेको घर जलाएर वडाध्यक्ष अधिकारीको घर तोडफोड गर्न पुगेको थियो ।
तिमल्सिनाले आन्दोलनका क्रममा गल्ती भएको स्विकारेका छन् । उनले सामाजकि सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो सहभागिताकै कारण सबै आक्षेप मलाई लगाउनु जायज हुँदैन । कयौँ व्यक्तिालई मैले रोजेको पार्टीप्रति गलत धारणा थियो यस घटनाका भिडियो बाहिरिएपछि उनले रास्वपा नगर सदस्यको पद पनि त्यागेको बताएका छन् । ‘नहुनुपर्ने घटना भए, सम्पूर्ण घटनाप्रति दुस्ख ब्यक्त गर्दछु’, तिमल्सिनाले भनेका छन् ।
तोडफोड र आगजनीका भिडियो सार्वजनिक भएपछि भट्टराईले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘हिजो भएको जेनजीको आन्दोलनमा पार्टीको झन्डा त्यागेर जनताको रूपमा उत्रन आह्वान गरेको थिएँ । नगरपालिका लगायतमा भौतिक क्षति हुन नदिनका लागि सकेको प्रयत्न गरेकै हो । त्यस क्रममा मलाई चोट लाग्यो । त्यसपछि म घर फर्किएँ । अनि उग्र बनेको भिडले सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको खबर पाउँदा दुःख लागेको छ ।’
उनले लेखेका छन्, ‘परिवर्तन हाम्रो चाहना हो, जुन भविष्य ले देखाउँला । हाललाई नैतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापतिको रूपमा रहिरहन मेरो आत्माले दिँदैन । त्यसैले आजकै मितिबाट सक्रिय राजनितिलाई यहीँ बिसर्जन गर्दै मेरो पदबाट राजीनामा दिएको घोषणा गर्दछु ।’
२४ भदौमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्वमेयर भीम न्यौपाने, क्याप्टेन रामेश्वर थापा, पूर्वसांसद शिव हुमागाईं, वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी लगायतको घरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।