सूर्यविनायक– धुलिखेल सडक विस्तारले गति लिन नसक्दा यात्रुलाई सास्ती

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ कार्तिक २०, बिहिबार (१ महिना अघि)
  • २०० पटक पढिएको

सूर्यविनायक– धुलिखेल सडक विस्तारले गति लिन नसक्दा यात्रुलाई सास्ती

धुलिखेल÷ अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडक विस्तारले गति लिन नसक्दा यात्रुहरुले सास्ती ब्यहोनुर््परेको छ । राजमार्ग आसपासका क्षेत्रका पूर्वाधार हटाउने काम नहुँदा निर्माण कार्य आधा पनि भएको हुन सकेको छैन । समयमा बिजुलीका पोल र घरटहराहरू नहटाउनुका साथै सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्नेहरुले पनि सहयोग नगरेकाले निर्माण कार्यले गति लिन नसकेको हो । घरटहराका लागि मुआब्जा नदिने निर्णय गरेसँगै बिनामुआब्जा हटाउनुपर्दा चुनौती आएको सडक आयोजनाले नै जनाएको छ । हालसम्म ९० प्रतिशत साइट क्लियरको काम सकिएको छ । अझै १० प्रतिशत साइट क्लियरको काम बाँकी छ । जसमा करिब १०–१२ वटा घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छ ।
१५.८ किलोमिटर सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनम विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । यो सडक खण्ड विस्तार भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी पहाडी र तराई जिल्ला र चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
सूर्यविनायक–साँगा खण्डको दूरी ७.५ किमि स्तरोन्नतिका लागि आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते जिम्मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म मात्र छ । हालसम्म यसको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
दोस्रो खण्ड साँगा–धुलिखेलमा ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दोस्रो प्याकेजअन्तर्गत बनेपा–धुलिखेल क्षेत्रमा करिब चार किलोमिटर सडक कालोपत्रे भए पनि अधिकांश काम बाँकी छ । साँगा–धुलिखेल खण्डको दूरी ८.३ किमि छ । लामा कन्स्ट्रक्सनले २०७९ मंसिर १८ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो ।
निर्माण प्रगति ४८ प्रतिशत रहेको यस खण्डको म्याद भने आगामी मंसिर १८ सम्म रहेको छ । समयमा काम पुरा नभएपनि आगामी पुस मसान्तसम्म समय थप गर्ने तयारी भैरहेको छ । आयोजनाको पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रोको पुस २४ मा सकिँदै छ । आयोजनाले दुवै ठेक्काको म्याद असार मसान्तसम्म थप्ने तयारी गरेको छ । आयोजनाकै कारण निर्माणमा ढिलाइ भएको, आयोजनाले समयमा साइट क्लियरका काम नगरेकाले निर्माणमा ढिलाइको दोष ठेकेदारलाई दिन नमिल्ने निर्माण कम्पनीहरुको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस