काभ्रेमा अधिकांश दलहरुको उम्मेदवार चयन

कस्ले मार्ला त बाजी ?
  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८२ माघ ५, सोमबार (२ हप्ता अघि)
  • १८८ पटक पढिएको

काभ्रेमा अधिकांश दलहरुको उम्मेदवार चयन

काभ्रे– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय नजिकिएसंगै दलहरु उम्मेदवार चयन गर्न तल्लिन भएका छन् । काभ्रेमा अधिकांश दलहरुले आफ्नो उम्मेदवार चयन गरिसकेका छन् ।
प्राय सबै दलहरूले उम्मेदवारहरू टुङ्गो अन्तिम चरणमा पुराएको छ ।
काभ्रे क्षेत्र नं १का लागि नेपाली कांग्रेसले गुनराज मोक्तान, नेकपा एमालेले अमित लामा, नेपाली कम्युनिष्ट पार्टीले दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले मधु कुमार चौलागाई, उज्यालो नेपाल पार्टीले योगेन्द्र लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नवराज सत्याललाई उम्मेदवार बनाएको छ ।

यस्तै काभ्रे क्षेत्र नं २ मा नेपाली कांग्रेसले मधु प्रसाद आचार्य, एमालेले अशोक कुमार ब्यञ्जु श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले रञ्जीव श्रेष्ठ, नेकपाकाले बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बदन भण्डारी, उज्यालो नेपाल पार्टीले ज्योत्सना सैंजुलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

एमाले काभ्रे क्षेत्र नं २ उम्मेदवार अशोक व्याञ्जू धुलिखेल नगरपालिकाका मेयर हुन । उनले भोली मेयर पदबाट राजिनामा दिई उम्मेदवारी दर्ता गराउने बुझिएको छ । २०७४ साल र २०७९ को स्थानीय तह निर्वाचनमा धुलिखेलको नगरप्रमुख निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसले काभ्रे क्षेत्र नंवर २ मा मधु आचार्यलाई टिकट दिएको छ । आचार्य २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । यद्यपि उक्त निर्वाचनमा उनी एमालेका गोकुल बाँस्कोटासँग पराजित भए ।

नेकपाबाट काभ्रे १ का उम्मेदवार दिननाथ गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा चौरीदेउराली गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाईं पूर्व प्रदेशसभा सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री हुन् । उनी २०७४ को निर्वाचनमा क्षेत्र नं. २ (ख) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस