काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८३ श्रावण २९, शुक्रबार (२ महिना अघि)
  • २०६ पटक पढिएको

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त

धुलिखेल /काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रा.डा.बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

उपकुलपति सिफारिस समितिले प्रा.डा.बराल  सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस