अग्नी सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाउन पेशी तोकियो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १२, बुधबार (१० महिना अघि)
  • ४१९ पटक पढिएको

अग्नी सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाउन पेशी तोकियो

पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा बुधबार फैसला सुनाउन पेशी तय भएको छ।

यसअघि गत असार १२ गतेका लागि फैसला सुनाउन तोकिएको मिति सरेको थियो। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मृतककी पत्नी पुर्णिमाया लामाले छानविन र कारबाहीको माग राखेर सर्वोच्चमा रिट दिएकी थिइन्।

गत जेठ २३ गते बहस सकिएर फैसला सुनाउने दिन तोकिए पनि सर्दै आएको छ।

आज प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा फैसला सुनाउने तय भएको छ।

२०६९ मा भएको हत्या प्रकरणमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने मागसहित ३ वटा रिट विचाराधीन छन् । सापकोटालाई पक्राउ गर्न आदेशको माग गरिएको छ।

विपक्षीले भने द्वन्द्वकालीन घटना भएका सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने जिकिर गर्दै आएका छन्।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस