बेथानचोक गाउँपालिकाले गर्यो २३९ विपद् प्रभावितलाई पहिलो किस्ता निकासा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (६ महिना अघि)
  • ४२७ पटक पढिएको

बेथानचोक गाउँपालिकाले गर्यो २३९ विपद् प्रभावितलाई पहिलो किस्ता निकासा

ढुंखर्क/ बेथानचोक गाउँपालिकाले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा गरेको छ ।
संघीय सरकारले अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोही अनुसार अस्थायी आवास निर्माणका लागि सूचना प्रणालीमा प्रविष्ट भएका बेथानचोक गाँऊपालिका भित्रका २३९ जना लाभग्राहीहरुको अस्थायी आवास निर्माणका लागि पहिलो निकासा भएको हो ।

पहिलो किस्ता वापत प्रतिव्यक्ति २५ हजारका दरले सम्बन्धित लाभग्राहीहरुको खातामा निकासा गरिएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । कार्य सम्पन्न भएपछि दोस्रो तथा किस्ता बापतको रकम सम्बन्धित लाभग्राहीको बैंक खातामा निकासा हुने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।

सरकारले बेथानचोक सहित तेमाल, रोशी गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई अतिप्रभावित पालिका घोषणा गरेको थियो । बाढी पहिरोमा घरबास गुमाएका प्रभावितलाई यसअघि रोशी गाउँपालिकाले पहिलो किस्ता बापतको रकम निकासा गरिसकेको छ ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस